loading

Category: हाम्रो कोर्षहरु

  • Home
  • Category: हाम्रो कोर्षहरु

Complete Predictive Course by

K. P. Astrology

कृष्णमूर्ति पद्धतिद्धारा सम्पूर्ण फलित कोर्ष


भैरव ज्योतिष अनुसन्धान केन्द्र
द्धारा सञ्चालित
अनलाइन ज्योतिष प्रशिक्षण  क्लासमा तपाइहरु सम्पूर्णलाई म लक्ष्मण भण्डारीको तर्फबाट  स्वागत तथा नमस्कार    छ । मैले विगत २५ वर्षदेखि केपि, वैदिक, लालकिताव, न्यूमोरोलोजि, वास्तु, आध्यात्मिक उपचार आदिको वारेमा आफूले सिकेका   कुराहरु अरुलाई सिकाउने प्रयत्न गर्दै आइरहेको छु ।
 
      कोर्षलाई दुइभागमा विभाजन गरिएको छ ।
 
·      प्रथम खण्डमा वैदिक ज्योतिष अन्तरगत, ज्योतिषको जिरो लेभलदेखि अध्ययन गरिने छ । जो जसले ज्योतिषका वारेमा केहि जान्नु भएको छैन, उहाहरुलाई पनि एकदम सहज रहनेछ ।
·      दोश्रो खण्ड केपि सिस्टम रहेको छ जुन सुरु देखि एडभान्स लेभल सम्म अध्ययन हुनेछ ।

·      ज्योतिषमा अत्यावश्यक रहेको महसुस गरी न्यूमोरोलोजि, वास्तु तथा सिग्नेचर एनालाइसिस को रेकर्डेड फाइल तथा भिडियो क्लास निशुल्क रुपमा उपलव्ध गराउनेछौ ।


  वैदिकज्योतिष अन्तरगत

•       ज्योतिष भनेको के हो ?
•        ग्रहको वारेमा पुरै जानकारी ।
•        भावको वारेमा पुरै जानकारी ।
•         नक्षत्रको वारेमा पुरै जानकारी ।
•        राशिको वारेमा पुरै जानकारी ।
•        ग्रहको एक आपसमा हुने सम्वन्धको जानकारी । ग्रहको दृष्टि, यूतिको वारेमा जानकारी ।

 

   कृष्णमूर्ति पद्धति (KP System)

केपि सिस्टमको सुरुवात किन भयो, कसले गर्यो लगायत सामान्य भन्दा सामान्य देखि लिएर एडभान्स लेभलसम्म सम्पूर्ण घटनाहरुको विस्तृत अध्ययन हामि गर्नेछौ ।
(भाव १ देखि भाव १२ सम्म)     गहिराइमा अध्ययन गर्नेछौ ।

              शिक्षा अन्तरगत

•       स्कूल लेभलको अध्ययन कस्तो रहनेछ ।
•       कुन विषयमा रुचि रहनेछ ।
•       बौद्धिक क्षमता कस्तो रहनेछ ।
•       उच्च शिक्षा कस्तो हुनेछ ।
•       कुन विषय लिएर पढ्दा सफलता प्राप्त हुनेछ , आदिको वारेमा पढ्नेछौ ।
 

      पेशा व्यवसाय

•     कुन पेशा, व्यवसाय छनौट गर्दा राम्रो हुनेछ ।
•     जागिर कि व्यवसाय ।
•     सरकारी नोकरी कि प्राइभेट नोकरी ।
•     नोकरीमा प्रमोशन, ट्रान्सफर अथवा बर्खास्ती ।
•     धनको अवस्था के कस्तो रहनेछ आदि बुझ्नेछौ ।
 

      Marriage : विवाह

•       विवाह, कहिले । 
•       वैवाहित जीवन के कस्तो रहनेछ ,सुखि हुनेछ कि दुखि भएर वित्नेछ।
•       विवाहमा दाइजो लेनदेन कुण्डली अनुसार कसरी हेरिन्छ।
•सम्वन्ध विच्छेद लगायत विवाहसँग सम्वन्धित सम्पूर्ण अध्ययन यो च्याप्टरमा गरिनेछ ।

 

          Love : प्रेम सम्वन्ध

•         प्रेम सम्वन्ध कस्तो रहन्छ ।
•         प्रेम टुट्छ कि निरन्तर रहन्छ ।
•           माया प्रेमको विवाह हुन्छ कि मागि विवाह हुन्छ, कुण्डलीमा के कस्तो योगको कारणले प्रेम सम्वन्ध तथा विवाह हुनेछ आदिको अध्ययन गर्नेछौ ।


   सन्तानसँग सम्वन्धित

·      सन्तान हुन्छ हुदैन ।
·      गर्भपातको योग त छैन ।
·      सन्तानको जन्म नर्मल अथवा अपरेसन द्धारा कसरी हुनेछ ।
·      सन्तान योग मेडिकलको सहायता द्धारा कसरी हेरिन्छ ।

 

Travel : यात्रा

·      छोटो यात्रा ।
·      लामो यात्रा ।
·      विदेश यात्रा ।
·      स्थायी रुपमा विदेश वसाई ।
·      विदेश वाट घर फिर्ता कहिले ।
·      अप्लाई गरेको भिसा प्राप्त हुन्छ हुदैन भए कहिले हुन्छ
·      के को लागि विदेश जाने  (शिक्षा, नोकरी, व्यवसाय, स्वास्थ्य, खेलकुद, घुमफिर, विवाह आदिको अध्ययन यो च्याप्टरमा गरिनेछ ।

 

    Longevity : आयू सँग सम्वन्धित

•        आयू गणना कसरी गरिन्छ ।
•        कति वर्षसम्मको आयू हुनेछ ।
•          मृत्युको प्रकार कस्तो हुनेछ । सामान्य रोगले, हत्याले, प्राकृतिक प्रकोपले, दुर्घटना तथा नर्मल तरिकाले मृत्यु हुनेछ  आदिको अध्ययन गर्नेछौ ।

 

      Property सम्पत्ति

•       घर जग्गा, गाडिको खरिद कहिले ?
•       ऋणवाट कि आफ्नै पैसाबाट ।
•       घर गाडि व्यक्तिगत हुनेछ कि व्यापारीक ।
•        सम्पत्तीमा कुनै हानि हुने योग
•       घर आफै बनाइन्छ कि वनिवनाउ खरिद हुनेछ । घर , गाडि विक्रि योग कहिले , नाफा होला कि घाटामा नै बेच्नु पर्ला ।

       Health : स्वास्थ्य

•       स्वास्थ्यको अवस्था ।
•       रोग सामान्य अथवा दिर्घ के कस्तो हुनेछ ।
•        कुनै रोग, दुर्घटना आदिको कारण हस्पिटल जानुपर्ने योग ।
•        खराव स्वास्थ्य ।
•        अपरेसन, मानसिक चिन्ता, डिप्रेसन, मानसिक भ्रम, डर आदिको योग ।

 

       Litigation मुद्दामामिला

•        मुद्दामामिलामा हारजित ।
•       जेलको सजाय, धरौटिमा रिहा अथवा छलफल द्धारा समाधान ।
•       किड्न्याप, हत्याको योग ।
•        अपराधिक गतिविधि, भौतिक आक्रमण ।
•        सम्पत्तिमा अथवा पति,पत्निलाई लिएर कानूनि समस्या आदिको अध्ययन लगायत धेरै विषयहरु हामि कुण्डलीबाट अध्ययन गर्नेछौ  ।

 

    Horary प्रश्न कुण्डली

जसको जन्ममिति नै थाहा छैन अथवा छोटो तरिकाले छिटो उत्तर भन्नुपर्ने अवस्थामा प्रश्न कुण्डलीको प्रयोग गरिन्छ । जसको सहायताले जीवनमा घट्ने सम्पूर्ण घटनाहरुको सहज तरिकाले अध्ययन गर्न सक्नेछौ । ज्योतिषको एउटा महत्वपूर्ण पाटो होरारी कुण्डली पनि हो ।
 
      केपि कुण्डली मिलान एक वैज्ञानिक आधार ।

 

       पत्थर तथा उपाय ।(Remedy)

कुण्डलीको सवै भन्दा महत्वपूर्ण पाटो भनेको जन्म समय हो, पुराना चिनाहरुमा जन्म समय एक्युरेट हुदैन । जन्म समय सहि नभएसम्म, त्यो चिनाबाट गरिएको भविष्यवाणी सहि हुदैन । तसर्थ सवैभन्दा पहिला जन्मसमय सुद्धिकरण हुनु अत्यावश्यक रहन्छ । हमिले त्यसलाई राम्रोसँग सिक्नेछौ । 
कुण्डली विश्लेषणको नाममा ठग्ने तथा ठगिने दुवैको अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । कुण्डलीमा ग्रहले के कस्तो फल दिन्छ । व्यवहारिक प्रयोग विना हचुवाको भरमा डराउन दिने प्रवृत्तिको अन्त्य हुनुनै पर्दछ । केपि सिस्टम आधुनिक युगको सटिक भविष्यवाणी गर्ने एउटा सिस्टम वनेको छ । सिक्न सजिलो, छोटो समयमा पूर्ण पर्फेक्ट वन्न सकिने भएको हुनाले आजभोलि यो सिस्टम प्रति मानिसहरुको आकर्षण बढेको छ ।
हाम्रो उद्देश्य ज्योतिषका हर विधामा सवैले जानकारी लिनुपर्दछ भन्ने हो । हर घरमा एउटा ज्योतिष वनेर विकृतिबाट आफू पनि बचौ अरुलाई पनि वचाउ भन्ने मान्यता रहेको छ । ज्योतिष र आध्यात्मिक एक अर्काका परिपूरक हुन, ज्योतिषको साथ साथ ध्यान साधनामा पनि चर्चा गर्दै अगाडि हामि बढ्नेछौ ।
अध्ययनको शिलशिलामा आवश्यक पर्ने सम्पूर्ण कितावहरु, रेकर्डहरु सदैव उपलब्ध हुनेगरी हामि व्यवस्था मिलाउछौ ।
केपि सिस्टमको अलावा अन्य विधाहरु पनि सिक्नुपर्दछ भन्ने मान्यता हामिमा रहेको हुनाले,
अत्यन्तै महत्वपूर्ण कोर्षहरुको रेकर्डेड फाइल तथा भिडियो क्लासहरु हामि निशुल्क रुपमा उपलब्ध गराउनेछौ । जुन बुझ्न र पढ्न अत्यन्त सरल रहेको छ ।
 
१  न्यूमोरोलोजि –अंक विज्ञान
२ सिग्नेचर एनालाइसिस
३ वास्तु तथा Astro वास्तु
कक्षा शुरु हुने मिति :   Falgun 23 गते बुधवार 
अनलाईनको माध्यमद्धारा क्लास साझ  7:00 वजेबाट शुरु हुनेछ ।
  क्लास जुम अथवा गुगलमिट बाट हुनेछ भने हरेक क्लासको PDF नोट तथा रेकर्ड उपलब्ध हुनेछ
 समयावधि ४ देखि ५ महिनाको रहनेछ ।  

शुल्क मात्र १५०० रहेको छ । साथमा वैदिक तथा केपि ज्योतिषको सफ्टवेयर फ्रिमा उपलव्ध हुनेछ । 

 

   

        Contact : 

WhatsApp, Imo, Viber : 9857062110/ 9813918272

https://chat.whatsapp.com/HB588YE5jy5ElnnZ6Pygc9

X