loading

Author: Laxman Bhandari

वृष राशिको वारेमा (पूर्ण जानकारी)

 वृष राशिको  वारेमा पूर्ण जानकारी

राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं सवल शक्तिको परिचायक हो । सस्कृतमा यसलाई उभ, गौ, ताबरु, गोकुल तथा मित्य नामले जानिन्छ ।
कालपुरुषको शरीरमा वृष राशिले मुखको प्रतिनिधित्व गर्दछ । यदि लग्नमाथी पाप ग्रहको प्रभाव या दृष्टि पर्न गयो भने मुखमा कुनै रोगहरु देखिन सक्छ । बृषको अर्थ साँढे , अत: बृष लग्नमा जन्म भएका जातक शक्तिशाली, भारी उठाउन सक्ने तथा ताकतवर हुन्छन् ।
स्त्रि राशि, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव, स्थिर राशी हो । मूल संज्ञक, ब्राह्मण वर्ण यसको स्वामी शुक्र हो । कृतिका को ३ चरण, रोहिणी र मृगशिराको २ चरण यो राशीमा पर्दछ । यदि लग्न स्वामी शुक्रको ५ र ११ भावसँग सम्वन्ध छैन भने जातक दिर्घरोगी हुनेछ ।

विस्तृतमा

नाम : उक्ष, गौ, ताबुरु, गोकुल
स्वामी : शुक्र
चिन्ह : वृषभ साढे,
शुभ : सूर्य, शनि,
अशुभ : चन्द्रमा, गुरु, शुक्र,
सम :शुक्र
मारक : बुध, मंगल
बाधक : मकर ९ भाव,
बाधकपति : शनि,
योगकारक :शनि,
उच्चस्थ :चन्द्रमा ३ डिग्री, राहु
निचस्थ : केतु
मूलत्रिकोण : चन्द्रमा ३ देखि ३० डिग्रीसम्म
भाग्यशाली रत्न : हीरा, नीलम, पन्ना सुनको औठीमा दाया हातको तेस्रो औलामा
भाग्यशाली रङ : हरीयो, निलो, गुलाबी, सेतो शुभ, रातो रंगको प्रयोगवाट वच्नुपर्ने हुन्छ ।
भाग्यशाली दिन :सोमवार,बुधवार,शुक्रवार, शनिवार ।
भाग्यशाली संख्या :८,२,७,९
व्रतको दिन :शुक्रवार
शारीरिक अंग :
चेहरा, तल्लो चेपु, तालु, कान, गर्दन, गला, गलोको घंटी, कंठनली, जिब्रो ।

रुप रंग, आकार :

गहुगोरो रंग, छोटो कद, वर्गाकार, चौरस आकृति, उन्नत चेहरा तथा आँखा, ठूलो चेहरा, ठूला कान, मोटो तथा मजवुत गर्धन, थुल थुल तिघ्रा, फूलीएको जस्तो चौडा हात, स्थूल प्रवृत्ति, कोखामा या पीठमा दाग, तिल या निशानी, हात्तिको जस्तो चाल, राम्रो पाचनशक्ति रहने, महिलाहरु सुन्दर तथा आकर्षक हुन्छन् । 

राशि गुण :

आत्म नियन्त्रण र हठि हुन्छन तर  सिद्धान्तवादी पनि हुन्छन् । खानपीन तथा सवै प्रकारका सुविधाको शौखीन हुन्छन् । अत्यन्त कामुक हुनेहुनाले यौन रोगको सिकार हुनसक्ने सम्भावना पनि रहन्छ । असाधारण सहनशक्ति हुन्छ तर कठोर तथा अपरिवर्तनशील दृष्टिकोण रहनेछ ।

सकारात्मक गुणहरु  :

खुशी, प्रेम, सुन्दरता तथा संगीतको शौकीन, सजग तथा अपरिवर्तनशील दृष्टिकोण, आत्मनिर्भर, शान्त तथा  धैर्यवान, महत्वाकांक्षी, दानशील, त्याग तथा क्षमा भावनाले परिपूर्ण, असाधारण शहनशक्ति रहने, क्रोधलाई लामो समयसम्म कायम राख्न नसक्ने, खाना वनाउन शौखीन, प्रेममय, शिष्ट, उदार हृदय, दृढ इच्छाशक्ति, विश्वसनीय, सतर्क, कल्पनाशील, विस्तृत, सौम्य, तथा शान्त, स्नेहशील, भावमय, विवेकी, आन्तरिक बल सुदृढ, व्यवहारिक, भरोसालायक, कलात्मक उद्यमी ।

नकारात्मक लक्षण तथा गुणहरु :

लालची, अचल र कठोर प्रकृति, ढिलो गतिले काम गर्नु, सुस्त, थोरै स्वार्थी र प्रतिशोधी, हठी, क्रोधी, नकलची, झनक्क रिसाउने, मुर्ख, असंवेदनशील, घमंडी, भौतिकवादी, कल्पनाहीन, पक्षपातपूर्ण रवैया ।

संभावित रोग :

गलोको सुजन, आँखामा समस्या, कानको दुखाइ,गलो या पश्चमस्तष्क पिंड(सेरिबैलमको समस्या), गठिया, टन्सिलमा सुजन, नाकमा ट्युमर, चेहरामा समस्या, पीलो, घाउ ,कण्ठमाला, कंठप्रदाह, स्वरयन्त्र प्रदाह, मोटोपन आदि ।

व्यवसाय तथा व्यापार :

सेनामा इन्जीनियर, वाणिज्यिक इकाई, वित्त प्रबन्धक, एकाउन्टेन्ट, बैंकर, साहुकार, विलासिताका वस्तुहरुको व्यापार, सिविल सेवक, खाद्यान्न, फलपूmल, बागवानी, पशुपालन, वेश्यालय, होटल, मुर्तिकार, बिल्डर निर्माणकर्ता, प्रोपर्टि डिलर, ललित कला, कलाको व्यापारी, गायक, सीनेमा मोडल, थिएटर, वाहन, मानसिक गतिविधि सहित बौद्धिक कार्यक्षेत्र ।

वृष लग्नको कुण्डलीमा ग्रहहरुको फल( वैदिक मत अनुसार)

सूर्य : चतुर्थेश, केन्द्रेश, सुखेस, तथा माताको अधिपति हुन जान्छ । अत यसलाइ कारक ग्रह मानिन्छ । दशम भावलाई पूर्ण दृष्टिले हेर्दछ यदि कुण्डलीमा सूर्य त्रिषडायमा स्थित छैन भने जातकले पिताको सम्मान वढाउनेछ ।

चन्द्रमा :

वृष लग्नको कुण्डलीमा चन्द्रमा तृतीयश हुन जान्छ । तृतिय भावको अधिपति सौम्य ग्रह भयो भने त्यसलाई राम्रो मान्न सकिदैन । तृतीयश हुनाले त्रिषडाय पनि भयो । अत: चन्द्रमालाई अकारक नै भन्नुपर्दछ । यसको दशा अन्तरदशामा भातृ विरोध, कुटुम्ब चिन्ता एवं समस्या देखिनेछ ।

मंगल :

वृष लग्नको कुण्डलीमा मंगल सप्तमेश, र व्येयशको स्वामी हुनजान्छ । सप्तमेश हुनाले प्रवल मारकेश भयो तसर्थ यसलाई अकारक ग्रह नै मान्नुपर्ने हुन्छ । यसको दशा अन्तरदशामा जातकको मानप्रतिष्ठा एवं स्वास्थ्यको व्यय, व्ययाधिक्य, कलह, आगलागी हुनु, रगत सम्वन्धि रोग तथा गृह कलह हुनेछ ।

बुध :

वृष लग्नको कुण्डलीमा बुध धनेश तथा पञ्चमेष हुन जान्छ । त्रिकोणेश हुनाले कारक वन्न गयो भने धनेश हुनाले मारक वन्न गयो अत : बुधको दशा अन्तरदशामा पूर्वाद्र्ध अनुकुलता, सुभता तथा श्रेष्ठता हुनेछ भने उत्तराद्र्ध त्यति शुभ हुनेछैन ।
गुरु :
वृष लग्नको कुण्डलीमा गुरु अष्टमेश तथा आयेश दुइ अकारक भावको स्वामी हुनाले सर्वाधिक अकारक हुन जान्छ । गुरुको दशा अधिकतर मारक नै हुन जान्छ । यदि अरु शुभ ग्रहको संयोग कुण्डलीमा भयो भने मारक नभएर विरामी, समस्या तथा अनेक वाधाहरु उत्पन्न हुनेछन ।
यस्तो गुरु जहा वस्छ त्यही भावको नै हानी पुर्‍याउदछ ।
शुक्र :
लग्नेश तथा षष्ठेश को स्वामी शुक्र सामान्यत वृष लग्नको लागी कारक नै मानिन्छ । लग्नेश हुनाले षष्ठेशको दोष लाग्दैन । फेरिपनि शुक्रको दशा पूर्वाद्र्धमा जति शुभ हुन्छ उत्तराद्र्धमा हुने छैन ।
शनि :
वृष लग्नको कुण्डलीमा शनि सर्वोत्कृष्ट कारक ग्रह हो किनकी भाग्येश तथा राज्येशको स्वामी भएर त्रिकोण एवं केन्द्रको पनि स्वामी हुन जान्छ । यदि कुण्डलीमा शनि उत्तम स्थानमा छ भने जातकको मान प्रतिष्ठालाई धेरै माथि पुर्‍याउनेछ ।
राहु र केतु :
वृष लग्नको कुण्डलीमा राहु र केतुले भावेश अनुसार नै फल दिन्छन फेरीपनि ८,१०,१२ भावमा स्थित राहुकेतुले अपेक्षाकृत शुभ दिनेछन् ।
यदि वुध दुषित छ या वाधक स्थानमा छ र शनिको दृष्टि परेको छ भने जातक बकबासी हुनेछ । यस्ता व्यक्तिहरु ज्योतिष, मन्त्र, वेद तथा आध्यात्मिकमा अगाडी जान्छन् । यिनीहरुलाई संगित खुव मन पर्छ ।
वृष लग्नको लागि पुनर्वशु, विशाखा, पुष्य, अनुराधा, पूर्वभाद्रपद र उत्तराभाद्रपद नक्षत्र वहुत खराव मानिन्छन । कुनै पनि ग्रह यदि यिनी नक्षत्रमा स्थित छन् भने तिनिहरुको दशा अन्तरदशामा जातकलाई रोग, दुर्घटना, असफलता तथा निराशा नै हात लाग्नेछ ।
भरणी, पूर्वफाल्गुनी, पूर्वशाढा नक्षत्रमा कुनै ग्रह छन र त्यसको दशा अन्तरदशा चलेको छ भने जातकले चारैतिरवाट सफलता प्राप्त गर्नेछ भने साथमा हेलचेक्राइले गर्दा रोगको सिकार विशेष गरी पेट, दात, यौन सम्वन्धि, ब्लडप्रेशर, मुखमा कुनै समस्या पनि आउन सक्नेछ ।
जसको चन्द्रमा वृष राशिमा हुन्छ उनिहरुको नामको पहिलो अक्षर ई, ऊ,ए,ओ, वा, वी, वू, वे, वो बाट शुरु हुनेछ ।

चन्द्रमा वृष राशिमा हुदाको फल

वृष राशीको स्वामी शुक्र भएको हुनाले जातक एक विनम्र मिलनसार तथा मीठो वाणी बोल्ने मानिस हुनेछ । शान्तिप्रिय भएको हुनाले शान्तिपूर्वक जीवन विताउन मन लाग्नेछ । आफनो कर्मठता अनि दक्षताले सवै सुख सुविधाहरु हासिल गर्नेछ तर आफनो हक अकिकारको लागी भने सदैव जागरुक रहनेछ र अधिकारलाई नडराइकन शान्तिपूर्वक प्राप्त पनि गर्नेछ । स्थिर राशी भएको हुनाले संकल्प अडिग हुनेछ तथा योजना , विचार अनि विश्वासले पूर्ण रहनेछ । सायद यस्ता कारणहरुले गर्दा मानिसले जातकलाइ हठी तथा जिददी भन्नेछन् । आसपास तथा समाजका मानिसहरुप्रति जातकको दृष्टि एकता, अखण्डता अनि मधुर तालमेलको नमुना हुनेछ । नातेदार साथीभाई तथा समाजवाट मान सम्मान प्रशस्त प्राप्त हुनेछ, जसले गर्दा मन प्रफूल्लित रहनेछ । धार्मिक स्वभाव भएको कारणले धर्मगुरु तथा उपदेशकहरुलाई पनि उचित मान सम्मान गर्नेछ । जातकको संगीत तथा कलामा पनि प्रेम रहनेछ हुन सक्छ यीनिमध्ये कुनै एक क्षेत्रमा जातकले नाम तथा दाम कमाउन सक्नेछ ।वृष राशीको स्वामी शुक्र भएको हुनाले जातक एक विनम्र मिलनसार तथा मीठो वाणी बोल्ने मानिस हुनेछ । शान्तिप्रिय भएको हुनाले शान्तिपूर्वक जीवन विताउन मन लाग्नेछ । आफनो कर्मठता अनि दक्षताले सवै सुख सुविधाहरु हासिल गर्नेछ तर आफनो हक अकिकारको लागी भने सदैव जागरुक रहनेछ र अधिकारलाई नडराइकन शान्तिपूर्वक प्राप्त पनि गर्नेछ । स्थिर राशी भएको हुनाले संकल्प अडिग हुनेछ तथा योजना , विचार अनि विश्वासले पूर्ण रहनेछ । सायद यस्ता कारणहरुले गर्दा मानिसले जातकलाइ हठी तथा जिददी भन्नेछन् । आसपास तथा समाजका मानिसहरुप्रति जातकको दृष्टि एकता, अखण्डता अनि मधुर तालमेलको नमुना हुनेछ । नातेदार साथीभाई तथा समाजवाट मान सम्मान प्रशस्त प्राप्त हुनेछ, जसले गर्दा मन प्रफूल्लित रहनेछ । धार्मिक स्वभाव भएको कारणले धर्मगुरु तथा उपदेशकहरुलाई पनि उचित मान सम्मान गर्नेछ । जातकको संगीत तथा कलामा पनि प्रेम रहनेछ हुन सक्छ यीनिमध्ये कुनै एक क्षेत्रमा जातकले नाम तथा दाम कमाउन सक्नेछ ।

ग्रह शान्तिको लागि

वृष राशिको स्वामी शुक्र हुने हुनाले शुक्रको शान्ति र स्तुतिले राम्रो फल प्राप्त हुनेछ । विशेषगरी शुक्रवार शिव पूजा र शिव तांडव स्तोत्रले विशेष फलदायक दिनेछ । शिव तांडव स्तोत्रको जाप गर्नाले भित्रदेखि अदभुत उर्जा शक्ति प्राप्त हुनेछ । पढ्नमा समस्या आयो भने अडियो भिडीयो बाट सुन्दा पनि हुनेछ तर आफै पढ्नाले बहुत लाभ प्राप्त हुनेछ । विना सन्देह अन्य देविदेवताको उपासना पनि गर्न सकिन्छ । प्रधानता भनेको भाव हो । शुक्रवारको दिन विशेष दिन मानेर व्रत वस्नाले निश्चित नै शुभ फल प्राप्त हुनेछ ।

शिव तांडव स्तोत्र

जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्‌।
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम्‌ ॥१॥
जटाकटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनि।
धगद्धगद्धगज्ज्वल ल्ललाटपट्टपावके किशोरचंद्रशेखरे रतिः प्रतिक्षणं मम: ॥२॥
धराधरेंद्रनंदिनी विलासबन्धुबन्धुर स्फुरद्दिगंतसंतति प्रमोद मानमानसे।
कृपाकटाक्षधोरणी निरुद्धदुर्धरापदि क्वचिद्विगम्बरे मनोविनोदमेतु वस्तुनि ॥३॥
जटाभुजंगपिंगल स्फुरत्फणामणिप्रभा कदंबकुंकुमद्रव प्रलिप्तदिग्व धूमुखे।
मदांधसिंधु रस्फुरत्वगुत्तरीयमेदुरे मनोविनोदद्भुतं बिंभर्तुभूत भर्तरि ॥४॥
सहस्रलोचन प्रभृत्यशेषलेखशेखर प्रसूनधूलिधोरणी विधूसरां घ्रिपीठभूः।
भुजंगराजमालया निबद्धजाटजूटकः श्रियैचिरायजायतां चकोरबंधुशेखरः ॥५॥
ललाटचत्वरज्वल द्धनंजयस्फुलिंगभा निपीतपंच सायकंनम न्निलिंपनायकम्‌।
सुधामयूखलेखया विराजमानशेखरं महाकपालिसंपदे शिरोजटालमस्तुनः ॥६॥
करालभालपट्टिका धगद्धगद्धगज्ज्वल द्धनंजया धरीकृतप्रचंड पंचसायके।
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्र कप्रकल्पनैकशिल्पिनी त्रिलोचनेरतिर्मम ॥७॥
नवीनमेघमंडली निरुद्धदुर्धरस्फुर त्कुहुनिशीथनीतमः प्रबद्धबद्धकन्धरः।
निलिम्पनिर्झरीधरस्तनोतु कृत्तिसिंधुरः कलानिधानबंधुरः श्रियं जगंद्धुरंधरः ॥८॥
प्रफुल्लनीलपंकज प्रपंचकालिमप्रभा विडंबि कंठकंध रारुचि प्रबंधकंधरम्‌।
स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं गजच्छिदांधकच्छिदं तमंतकच्छिदं भजे ॥९॥
अखर्वसर्वमंगला कलाकदम्बमंजरी रसप्रवाह माधुरी विजृंभणा मधुव्रतम्‌।
स्मरांतकं पुरातकं भवांतकं मखांतकं गजांतकांधकांतकं तमंतकांतकं भजे ॥१०॥
जयत्वदभ्रविभ्रम भ्रमद्भुजंगमस्फुरद्ध गद्धगद्विनिर्गमत्कराल भाल हव्यवाट्।
धिमिद्धिमिद्धि मिध्वनन्मृदंग तुंगमंगलध्वनिक्रमप्रवर्तित: प्रचण्ड ताण्डवः शिवः ॥११॥
दृषद्विचित्रतल्पयो र्भुजंगमौक्तिकमस्र जोर्गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः।
तृणारविंदचक्षुषोः प्रजामहीमहेन्द्रयोः सम प्रवृत्तिकः कदा सदाशिवं भजाम्यहम् ॥१२॥
कदा निलिंपनिर्झरी निकुंजकोटरे वसन्‌ विमुक्तदुर्मतिः सदा शिरःस्थमंजलिं वहन्‌।
विलोललोललोचनो ललामभाललग्नकः शिवेति मंत्रमुच्चरन्‌ कदा सुखी भवाम्यहम्‌ ॥१३॥
निलिम्प नाथनागरी कदम्ब मौलमल्लिका-निगुम्फनिर्भक्षरन्म धूष्णिकामनोहरः।
तनोतु नो मनोमुदं विनोदिनींमहनिशं परिश्रय परं पदं तदंगजत्विषां चयः ॥१४॥
प्रचण्ड वाडवानल प्रभाशुभप्रचारणी महाष्टसिद्धिकामिनी जनावहूत जल्पना।
विमुक्त वाम लोचनो विवाहकालिकध्वनिः शिवेति मन्त्रभूषगो जगज्जयाय जायताम्‌ ॥१५॥
इमं हि नित्यमेव मुक्तमुक्तमोत्तम स्तवं पठन्स्मरन्‌ ब्रुवन्नरो विशुद्धमेति संततम्‌।
हरे गुरौ सुभक्तिमाशु याति नान्यथागतिं विमोहनं हि देहिनांं सुशङ्करस्य चिंतनम् ॥१६॥
पूजाऽवसानसमये दशवक्रत्रगीतं यः शम्भूपूजनपरम् पठति प्रदोषे।
तस्य स्थिरां रथगजेंद्रतुरंगयुक्तां लक्ष्मिंं सदैव सुमुखीं प्रददाति शम्भुः ॥१७॥
॥ इति श्रीरावणकृतं शिव ताण्डवस्तोत्रं सम्पूर्णम् ॥
Laxman Bhandari
वैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञ, Reiki Healer

मेष राशि (पूर्ण जानकारी)

मेष राशि (लग्न अनुसार)

राशि चक्रको प्रथम राशि मेष हो भने , कालपुरुष कुण्डलीमा यसलाई लग्न भनेर चिनिन्छ । आस्विनीको ४ पाउ (१३ डिग्री २० मिनेट), भरणीको ४ पाउ (१३ डिग्री २०मिनेट) र कृतिकाको १ पाउ (३ डिग्री २० मिनेट) गरी जम्मा ९ पाउ अर्थात ३० डिग्रीको यो राशि रहेको छ । केपि सिस्टम अनुसार २२ वटा उपनक्षत्रले यो राशिको प्रतिनिधित्व गर्दछन् । पूर्वदिशाको स्वामी, पुरुष अन्तरगत यो राशि पर्दछ । यो राशिलाई बाँझो राशि अन्तरगत वर्गिकरण गरिएको छ ।

मेष राशि अन्तरगत

नाम : अज, विश्व, क्रिय, तुम्बुर, आद्य

 

स्वामी : मंगल

 

तत्व : अग्नि

 

स्वभाव : चर

 

शुभग्रह हरु :  सुर्य,मंगल,गुरु, 

 

अशुभ ग्रहहरु : बुध,शुक्र,शनि, 

 

सम :कुनै पन छैनन् 

 

मारक ग्रह : शुक्र,

 

बाधक ग्रह : कुम्भ,

 

बाधकपति : शनि

 

योगकारक  :गुरु,शनि,

 

उच्चस्थ    :सूर्य १० डिग्रीमा परम उच्च

 

निचस्थ :शनि 

 

मूलत्रिकोण  :मंगल ० देखि १२ डिग्रीसम्म तत्पश्चात स्वराशि

 

भाग्यशाली रत्न : तावामा मुगा पहिलो औलामा, माणिक्य, मोती, रक्तमणी

 

भाग्यशाली रङ : पहेलो, रातो, तामाजस्तो कलर, सुनौलो कलर शुभ हुन्छ भने कालो रंगवाट वच्नुपर्नेहुन्छ ।

 

भाग्यशाली दिनहरु : मंगलवार,शुक्रवार,शनिवार

 

भाग्यशाली संख्या : १,२,३,४,५,८,९

 

व्रतको दिन  : मंगलवार शुभ रहनेछ ।

 

निवास स्थान : वन राशि-जंगल

मेष राशिले प्रतिनिधित्व गर्ने शारीरिक अंगहरु

सिर, मस्तिष्क,आँखा,माथिल्लो चेहरा, चेहराको हड्डि,मांसपेशिहरु

 

रुप रंग, आकार

 

मध्यम कद , दुबलो शरिर, चौडा माथा, चेपुमा पातलो, लामो चेहरा तथा गर्दन, सुव्यवस्थित दात, गोलो आँखा, वाक्लो आँखिभौ, कमजोर घुडा, भद्दा नङ, विकसीत मांसपेसीहरु, तेज दृष्टि, सिर या ललाटमा तिल या निशानी, रक्त शरीर, हिडिरहने शोख, संयम तथा छिटो भोजन गर्ने स्वभाव आदि ।

राशि अनुसार गुणहरु

 

चलाख हुदा हुदै पनि आफनो कुरा मनाउनलाई झगडा गर्न पनि कत्ति नहिचकिचाउने,। सक्रिय रहने, आक्रामक, कठोर, हरकुराको विरोध गर्ने स्वभाव । भोजन संयमतापूर्वक तर छिटो, मानसिक रुपले पनि साहसी, हिडाइ बहुत तेज हुन्छ, झट्ट हेर्दा दौडिएजस्तो देखिन्छ ।

 

सकारात्मक गुणहरु

 

परिस्थिति अनुसार लयवद्ध हुनसक्ने क्षमता, योजना वनाउन खप्पिस, गतिशील तथा रचनात्मक, निडर, खरो, महत्वाकांक्षी, आत्मविश्वासी, अरुको लागी जोखीम लिन सक्ने, वास्तविक तथा स्वतन्त्र, स्वतन्त्रता प्रिय, साहसी, स्विकारात्मक, प्रचुर उर्जापूर्ण, विर अग्रणी, प्रवल इच्छाशक्ति, कला, भव्यता तथा सुन्दरताको प्रतिक, उद्यमी, नेता, बलशाली 

 

नकारात्मक लक्षण तथा गुणहरु

 

गर्मि, उग्र प्रकृति, अधीर, चाँढै रिसाउने, अशान्त, आवेगी, असहिष्णु, स्वार्थि, अस्थिर मन, जलनशील, आक्रमक, जटील व्यक्तित्व, निरन्तर रोकीनु या काम गरीसकेपछि परिवर्तन या आराम गर्नुपर्ने आवश्यकता, कसैको हस्तक्षपलाई सहन गर्न नसक्ने, आफ्नो व्यवहारले अरुलाई के प्रभाव पार्छ भन्ने ख्याल नगर्ने, दुस्साहसी, झनक्क रिसाउने, उग्र स्वभाव, हठी आदि

 

संभावित रोगहरु :

 

अनिद्रा, सिरको दुखाइ, चक्कर आउनु, मस्तिष्कको गडवडी या ज्वरो, सिर या चेहरामा घाउ खटिरा डण्डिफोर, पायरिया, मिर्गी, आँखामा समस्या, तंत्रिका केन्द्रमा समस्या, फेन्ट हुनु, आगोमा दुर्घटना, बवासीर ,यौन सम्वन्धि रोगहरु आदि

 

व्यवसाय तथा व्यापार :

 

प्राय आफ्नै व्यवसाय गर्ने, नेतागीरी, नेतृत्वदायि भूमिकामा प्रस्तुत हुने, सशस्त्र सेना, पुलिस, खेलाडी, व्यापारीक नेता, कुख्यात तथा अत्यधिक अधिकार प्राप्त व्यक्ति, शराव खाना, दाँतको डाक्टर, न्यायीक कार्य, औजार, मशीनरी  कल पुर्जा, मिस्त्री, फायर म्यान, दमकल, उद्योग, कृषि, दवाइ, राशायनिक वस्तु, शल्य चिकित्सक, जुवा तास, बागवानी, अन्वेषक, वास्तुकला आर्किटेक्चर, धातु सम्वन्धि कार्यहरु, खाद व्यापारी, सामरिक सेवा, फौजी, इंजिनियर, कसाइ, सट्टा तथा लोटरी आदि ।

 

शान्ति तथा स्तुति

 

मेष राशिको स्वामी वार मंगलवार हुने हुनाले, मंगलवारको दिन हनुमान र शिवलिंगको पूजा गर्नाले विशेष लाभ प्राप्त हुनेछ । श्री हनुमत्स्तोत्रको पाठ गर्नाले लाभकारी शिद्ध हुनेछ । यदि अन्य इष्ट देवताको उपासना गर्नुहुन्छ भने पनि पूरा श्रद्धाले गर्नुपर्ने हुन्छ । मुख्य गरि मंगलवार विशेष दिन हो भनेर मनले स्विकार्नुपर्दछ र उमंग र उत्साहले व्रतको पालना गर्नुपर्दछ । उक्त दिन भगवानको पुरा साथ मलाई रहनेछ भनेर भावना जागृत गर्नुपर्दछ । अवश्य नै शुभ फल प्राप्त हुनेछ ।

 

चन्द्र राशि अनुसार

 

जसको चन्द्रमा मेष राशिमा रहेको छ । उनिहरुमा थोरै अहंकार र घमण्ड मिश्रीत स्वभाव हुनेछ । जोस तथा उत्तजनापूर्ण व्यवहार भएको हुनाले पहिलो प्राथमिकता आफनो स्वतन्त्रतालाई दिनेछन् । रोमान्चक कार्यमा वढि झुकाव राख्ने नया नया प्रयोग गर्न विना हिचकिचाहट निर्भिक भएर अगाडि सर्ने । व्यवहारीक नजर हुनेछ भने भरपुर जोस, इच्छाशक्ति तथा ठूला ठूला सपनाले सजिनेछन् । आशावादी दृष्टिकोण, उचित उपाय, रिस्क तथा निर्णय लिन सक्ने क्षमता र समयको कारणले छिटो सफलताको सिढिमा चढ्न खोज्नेछन् भने यश र किर्ती पनि टाढा टाढा सम्म फैलिने छ ।

 

चन्द्रमा यो राशिमा भएका व्यक्तिहरुको  नामको प्रथम अक्षर चू,चे,चो,ला, ली, लू,ले,लो, आ बाट आउदछ ।

श्रीहनुमत्स्तोत्र

विभीषणकृतम्

 

श्रीहनुमते नमः । अस्य श्रीहनुमत्स्तोत्रमहामन्त्रस्य, विभीषण ऋषिः, अनुष्टुप् छन्दः, हनुमान् देवता । मम शत्रुमुखस्तम्भनार्थे सर्वकार्यसिद्ध्यर्थे च जपे विनियोगः ।

 

ध्यानम्

 

चन्द्राभं चरणारविन्दयुगलं कौपीनमौञ्जीधरं
नाभ्यां वै कटिसूत्रयुक्तवसनं यज्ञोपवीतावृतम् ।

 

हस्ताभ्यामवलम्ब्य चाञ्जलिमथो हारावलीकुण्डलं
बिभ्रद्दीर्घशिखं प्रसन्नवदनं दिव्याञ्जनेयं भजे ॥

 

मन्त्रः-

 

ॐ नमो हनुमते रुद्राय । 

 

मम सर्वदुष्टजनमुखस्तम्भनं कुरु कुरु ॥

 

मम सर्वकार्यसिद्धिं कुरु कुरु । ऐं ह्रां ह्रीं ह्रूं फट् स्वाहा ।

 

 अष्टवारं जपेत् ।

 

आपन्नाखिललोकार्तिहारिणे श्रीहनूमते।
अकस्मादागतोत्पातनाशनाय नमोऽस्तु ते ॥ १॥

 

सीतावियुक्तश्रीरामशोकदुःखभयापह।
तापत्रयस्य संहारिन्नाञ्जनेय नमोऽस्तु ते ॥ २॥

 

आधिव्याधिमहामारिग्रहपीडापहारिणे।
प्राणापहन्त्रे दैत्यानां रामप्राणात्मने नमः ॥ ३॥

 

संसारसागरावर्तागतसम्भ्रान्तचेतसाम्।
शरणागतमर्त्यानां शरण्याय नमोऽस्तु ते ॥ ४॥

 

राजद्वारे बिलद्वारे प्रवेशे भूतसङ्कुले।
गजसिंहमहाव्याघ्रचोरभीषणकानने ॥ ५॥

 

महाभयेऽग्निसंस्थाने शत्रुसङ्गसमाश्रिते।
शरणागतमर्त्यानां शरण्याय नमो नमः ॥ ६॥

 

प्रदोषे वा प्रभाते वा ये स्मरन्त्यञ्जनासुतम्।
अर्थसिद्धियशःकामान् प्राप्नुवन्ति न संशयः ॥ ७॥

 

कारागृहे प्रयाणे च सङ्ग्रामे देशविप्लवे।
ये स्मरन्ति हनूमन्तं तेषां  सन्ति न आपदः ॥ ८॥

 

नास्ति विपत्तयः वज्रदेहाय कालाग्निरुद्रायामिततेजसे।
नमः प्लवगसैन्यानां प्राणभूतात्मने नमः ॥ ९॥

 

दुष्टदैत्यमहादर्पदलनाय महात्मने।
ब्रह्मास्त्रस्तम्भनायास्मै नमः श्रीरुद्रमूर्तये ॥ १०॥

 

जप्त्वा स्तोत्रमिदं पुण्यं वसुवारं पठेन्नरः।
राजस्थाने सभास्थाने वादे प्राप्ते जपेद्ध्रुवम् ॥ ११॥

 

विभीषणकृतं स्तोत्रं यः पठेत् प्रयतो नरः।
सर्वापद्भ्यो विमुच्येत नात्र कार्या विचारणा ॥ १२॥

Laxman Bhandari

 

वैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञवैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञ

ज्योतिष भनेको के हो ?

 

ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।

 

 

हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।

 

ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ ।

 

१. सिद्धान्त ( गणित ज्योतिष ) ः यस अन्र्तगत लग्न साधन, भाव साधन, ब्रह्माण्डमा ग्रहको अवस्था, ग्रह बल, भाव वल, ग्रहको गति, वक्रि लगायत गणीतिय पाटो यसमा समेटिएको छ ।

 

२. फलित ज्योतिष ः यस अन्र्तगत ग्रह, राशि, भाव, नक्षत्र आदिले मानवको जीवनमा के कस्तो प्रभाव पार्छ भन्ने कुराहरु समेटिएको छ ।

 

    ज्योतिषमा राशी, नक्षत्र, ग्रह र भावहरुको विशेष तरिकाले अध्ययन गरीन्छ । राशीहरुलाई काल्पनिक तारापुञ्ज मानिएको छ । सूर्यले पृथ्विको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो गोलाकार नभएर केहि दीर्घवृत्ताकार रहेको हुन्छ । जुन ३६० डिग्रीको हुन्छ । ३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा ३० डिग्री हुन आउदछ । प्रत्येक ३०, ३० डिग्रीको भागलाई एउटा तारापुञ्जको कल्पना गरिएको छ । त्यहि तारापुञ्जलाई नै राशिको नामाकरण गरिएको हो । राशिहरु १२ वटा रहेका छन् । १२ राशिका नामहरु यस प्रकार क्रमले रहेका छन् । मेष, वृष, मिुथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मिन गरी १२ वटा राशिहरु रहेका छन् र यीनै राशिहरुले तारापुञ्जको आकारलाई संकेत गरेका हुन्छन् । मेष, भेडा, वृष साँढे, मिथुन २ कन्या क्रमले मिन राशीमा माछा आदि ।

 

    त्यस्तैगरी ३६० डिग्रीको ब्रह्माण्डलाई समान २७ भागमा विभाजन गरेर नक्षत्रको परिकल्पना गरिएको छ । एक नक्षत्रको मान १३ डिग्री २० मिनेट हुन आउदछ । एउटा नक्षत्रलाई ४ पाउमा विभाजीत गरिएको छ । जन्म समयको चन्द्रमा जुन नक्षत्रको जुन पाउमा रहेको हुन्छ सोहि अनुसार जन्म बालकको नामाकरण गरिएको हुन्छ । २७ लाई ४ ले गुणन गर्दा १०८ वटा नामाक्षर हुन आउदछ । जसलाई नवाँश पनि भन्ने गरिन्छ । केपि सिस्टममा यहि नक्षत्रलाई ९ भागमा विभाजन गरेर उपनक्षत्र निकालिएको हुन्छ । यहि उपनक्षत्र स्वामीले नै कृष्णमूर्ति पद्धतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । ज्योतिषमा अर्को महत्वपूर्ण पाटो रहेको हुन्छ, त्यो हो राशि । जन्म समय चन्द्रमा जुन राशिमा रहेको हुन्छ, त्यसैलाई जातकको जन्म राशि भनिन्छ , चन्द्रमा जुन नक्षत्रमा रहेको हुन्छ, जातकको जन्म नक्षत्र त्यसैलाई मानिएको हुन्छ । १२ वटा राशि, २७ वटा नक्षत्र , ९ वटा ग्रह यसैको संयोजन बाट भविष्यवाणी गरीन्छ । बाह्र सत्ताइस कुरा भनेर जुन गाउले भाषामा भन्ने गरिन्छ, त्यो यहि राशि र नक्षत्रलाई आधार मानेर भनिएको हो जसको तात्पर्य हुन्छ, कुरा नटुगिंने ।

 

२७ वटा नक्षत्रको नामावली यसप्रकार रहेको  

 

नक्षत्र तालिका

 

 

 

    राशि, नक्षत्रहरु स्थिर हुन्छन् भने ग्रहहरु गतिशील हुन्छन् । ग्रहहरु अनवरत घुम्ने क्रममा राशि र नक्षत्रहरु परिवर्तन गर्दै अगाडि वढ्दछन् । जन्म समयको आकाशिय ग्रहहरुको आधारमा जन्मकुण्डली निर्माण गरिएको हुन्छ । प्रत्येक ग्रहका आ–आफ्ना घरहरु निर्धारण गरिएको हुन्छ । जस्तै सिंह राशिलाई सूर्यले, चन्द्रमाले कर्कट राशिलाई आफ्नो घर मानेको हुन्छ । मेष र वृश्चिक राशि लाई मंगलले आफ्नो घर मानेको हुन्छ । शुक्रले वृष र तुला राशिलाई ,बुधले मिथुन र कन्या राशिलाई, गुरुले धनु र मिन राशिलाई र शनिले मकर र कुम्भ राशिलाई आफ्नो घर मानेका हुन्छन् भने राहु र केतु छाया ग्रह भएको कारणले यिनीहरुलाई घरको स्वामित्व प्रदान गरिएको छैन । यि ग्रह जुन राशिमा वस्दछन्, त्यहि राशिको स्वामीत्व ग्रहण गर्दछन् ।

 

    ग्रहले आप्mनो स्वभाव अनुसार जुन राशिमा परिभ्रमण गर्दछ, उक्त राशिको प्रवृत्तिलाई, वलवान तथा कमजोर वनाउदछ । वैदिक ज्योतिष अनुसार, उच्च, निच, मित्र, सत्रु, स्वराशि, मूलक्रिकोण आदि भनेर ग्रह र राशिको सम्वन्ध छुट्टाइएको हुन्छ । ग्रहहरु उच्चको घरमा, आफ्नो घरमा, मित्रको घरमा वसेको वेला सुभ फल दिनेछ भने निच राशि अथवा शत्रुको घरमा वसेको वेला अशुभ फल प्रदान गर्दछ तर कृष्णमूर्ति पद्धतिमा यी नियमहरुको पालना गरिदैन । यो सिस्टम अनुसार ग्रह वसेको नक्षत्र स्वामीलाई प्राथमिकता दिइन्छ ।

 

    जातकमा पर्ने स्वभाव अनुसार ग्रहका कारककत्वहरु निर्धारण गरिएको हुन्छ । जस्तै सूर्य आत्माकारक, पिताकारक, ग्रहको राजा, सिंह राशिको स्वामी भएको कारण जातकमा पनि सिंहमा जस्तै स्वभाव, राजामा जस्तै भलाद्मीपन, क्रूर ग्रहभएको हुनाले रिसाहा आदि । चन्द्रमा, मनको कारक, आमाको कारक, सुन्दरता तथा कल्पनाको प्रतिक भएकोले जातकमा पनि सुन्दरता, कल्पनाशिलता बढि देख्न सकिन्छ । मंगल भाइ वहिनीको कारक, साहस, पराक्रम तथा रातो रंगको प्रतिनिधित्वव गर्ने भएको हुनाले, जातकमा पनि उग्रपन, रिसाहा, झैझगडा प्रिय भएको देख्न सकिन्छ । एवं प्रकारले अन्य ग्रहको पनि प्रभाव देख्न सकिन्छ । वृहस्पतिलाई देवगुरु र शुक्रलाई दैत्य गुरु भनेर चिनिन्छ, सोहि कारणले यी दुवै ग्रहको मिलनलाई राम्रो मानिदैन । देव ग्रह अन्तरगत सूर्य, चन्द्रमा, मंगल, गुरुलाई लिइन्छ भने, असुर ग्रह अन्तरगत शुक्र,शनि, राहु र केतुलाई लिइन्छ । देवराशि एकआपसमा अति मित्र मानिन्छन् भने देव राशिले आफ्नो गुरु वृहस्पतिलाई मान्दछन् । त्यस्तै अशुर राशि एकआपसमा मित्र मानिन्छन् भने अशुर राशिले शुक्रलाई गुरु मान्दछन् । सूर्य गुरु,शुक्र,शनि, राहु , केतुसँग बुधको मित्रता हुन्छ भने चन्द्रमा र मंगल सँग सत्रुता रहन्छ ।

 

    फलादेशको लागि ग्रहले दिने दृष्टिको पनि अति नै महत्वपूर्ण भूमिका रहन्छ । वैदिक ज्योतिषमा वैदिक दृष्टीको मात्र प्रयोग गरिन्छ भने केपि सिस्टममा वैदिक र पाश्चात्य दृष्टि दुवैको प्रयोग गर्ने गरिन्छ ।

 

 

 

त्यसैगरी ज्योतिषमा स्वभाव अनुसार,

 

 

 

 

 

 

जोस र जाँगरले , निडर भएर आजका विद्यार्थीहरुले अनिवार्य यस्तो प्रकारको विकृतिलाई चिर्दै आफूभित्रको ज्ञानलाई प्रस्फूटन गर्ने समय आएको छ । विशेष गरी कुनै व्यक्ति विशेषले लेखेका मनगढन्ते कितावहरुको अध्ययन, त्यहि कितावलाई आधार मानेर वनाइएका भिडियो तथा क्लासहरुबाट सिकेको ज्ञानले फगत जानेको छु भन्ने घमण्ड त उजागर गर्छ तर वास्तविक ज्ञान चाँहि प्राप्त हुन सक्दैन । यदि सहि तरिकाले यो शास्त्रको अध्ययन र अनुसन्धान गरियो भने एउटा विश्वासिलो ज्योतिर्विदको रुपमा उदय हुने कुरामा दुइमत रहदैन ।
    ज्योतिषशास्त्रमा विशेष गरी वैदिक ज्योतिष मुख्य पाटो रहन जान्छ भने, त्यसैको जगमा कृष्णमूर्तिपद्धति जसलाई आधुनिक ज्योतिष पनि भन्ने गरिन्छ, प्रश्न ज्योतिष, अंक ज्योतिष, लालकिताव, हस्तरेखा आदि धेरै प्रचलित रहेका छन् । गाँउघरमा झारफूक, तन्त्रमन्त्र, लामा, झाक्रि, प्रेतसाधना, आखत हेर्ने, जोखाना हेर्ने आदिद्धारा पनि भविष्यवाणी गर्ने गरिन्छ । 
     कुण्डलीमा लग्न देखि बाह्र भावहरु निर्धारण गरिएको हुुन्छ र प्रत्येक भावअनुसार कारकत्व निर्धारण गरिएको हुन्छ । जस्तै लग्न बाट जातकको वारेमा, स्वभाव, रुचि, चरित्र, स्वास्थ्य आयू आदिको विचार गरिन्छ भने दोश्रो भावबाट धन, परिवार, वाणी, खानपिन आदिको वारेमा विचार गरिन्छ । १,४,७,१० भावहरुलाई केन्द्र भाव भनिन्छ । वैदिक ज्योतिष अनुसार केन्द्रमा शुभ ग्रह हुनुलाई शुभ मानिन्छ । १,५,९ भावहरुलाई त्रिकोण भाव भनिन्छ , जसलाई अत्यन्तै शुभ भावमा गणना गरिन्छ । ६,८,१२ भावलाई त्रिक भाव(दुष्ठाना) भनिन्छ । ३,६,११ भावलाई त्रिषडाय भावको नामबाट चिनिन्छ । २ र ७ भावलाई मारक भाव भनिन्छ । एवंप्रकार गुरु, चन्द्र, शुक्र, बुधलाई शुभ ग्रहमा राखिएको छ । मंगल, सूर्यलाई क्रुर ग्रहमा राखिएको छ भने राहु, शनि, , केतुलाई पाप ग्रहअन्र्तगत राखिएको छ तर कृष्णमूर्ति पद्दतिअनुसार यसमा थोरै वदलाव ल्याइएको छ । सो सिस्टम अनुसार ग्रहहरु कुनै पनि शुभ हुदैनन् , कुनै पनि अशुभ हुदैनन् र तिनले दिने फलको आधारमा शुभ र अशुभ भनेर वर्गिकरण गरिएको हुन्छ भने भावहरुमा पनि १,२,३,६,१०,११ भावहरुलाई शुभ भाव भनिन्छ भने ४,५,७,८,९,१२ भावहरुलाई अशुभ भावमा राखिएको छ ।
१. चर राशिहरु १,४,७,१० –(मेष, कर्क, तुला, मकर)
२. स्थिर राशिहरु २,५,८,११ (वृष, सिंह, वृश्चिक, कुम्भ)
३. द्विस्वभाव राशिहरु ३,६,९,१२ (मिथुन, कन्या, धनु, मिन) राशि भनेर वर्गिकरण गरिएको हुन्छ । सोहि राशिअनुसार जातकमा स्वभाव झल्किन्छ ।
ग्रहले फल दिने भनेको दशा अन्तरदशामा हो । जन्म समय चन्द्रमा जुन नक्षत्रमा वसेको हुन्छ, त्यसको स्वामीलाई जातकको जन्म समयको महादशा भनिन्छ । प्रत्येक ग्रहको उसले दिने फलको आधारमा भोग्यकाल निर्धारण गरिएको हुन्छ । सूर्यको ६ वर्ष, केतु र मंगलको ७ वर्ष, चन्द्रमाको १० वर्ष, गुरुको १६ वर्ष, बुधको १७ वर्ष, राहुको १८ वर्ष, शनिको १९ वर्ष र शुक्रको २० वर्ष समयावधि निर्धारण गरेर मानिसको आयू १२० वर्षलाई आधार मानिएको छ । वैदिक ज्योतिषमा विंशोत्तरी, योगिनी, त्रिभागी तथा अष्टोत्तरी दशा विशेष गरी प्रयोग गर्ने गरिन्छ भने कृष्णमूर्ति पद्दतिमा विंशोत्तरी दशाको मात्र प्रयोग गरिएको हुन्छ ।
छोटकरीमा भन्नुपर्दा ज्योतिष भनेको सौर्यमण्डलमा रहेका तारा, नक्षत्र तथा ग्रहहरुले मानिसको जीवनमा पार्ने प्रभावको वारेमा सूक्ष्म गणितद्धारा अध्ययन गरी जातकको वारेमा गरिने भविष्यावाणी हो । ज्योतिषलाई विज्ञानले पनि मान्यता दिएको छ र यो आफैमा पूर्ण सत्य विज्ञान हो । ज्योतिषलाई विज्ञानको पनि विज्ञान भनेर ज्योतिष गुरुहरुले भन्दै आउनुभएको छ । समय परिवर्तनसँगै मानिसहरुमा आएको विचलन, पथभ्रष्ट तथा विकारहरुले गर्दा, यस्तो शुद्ध तथा आध्यात्मीक विज्ञानलाई गलत रुपले व्याख्या गर्दै पैसा कमाउने भाडाको रुपमा प्रयोग गर्न थालेका छन् । ऋषीहरुको अथक ध्यान, साधना तथा तपोवलको शक्तिले आर्जन गरेको विशाल विज्ञानलाई, सिमित व्यक्तिहरुको गलत रवैयाको कारणले मृततुल्य हुन पुगेको छ । सामान्य पुस्तक अध्ययन गरेर, यूट्यूवका भिडियो हेरेर, नौ ग्रह, बाह्र राशि तथा २७ नक्षत्रहरुको हल्का जानकारी हुनेवित्तिकै आफूलाई ज्योतिष शिरोमणी कहलाउन थाल्दछन् । तिनै व्यक्तिहरुको कारण कतिपय जनमानसमा यो विद्या ठग तथा ढाँटिखाने विद्या हो भन्ने छाप समेत वस्न पुगेको छ । दुइचारवटा श्लोकहरु घोकेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थालेको देखिन्छ । संयोगले कसैको मिलेता पनि अधिकतरको मिल्ने कुनै सम्भावना नै रहदैन । कालसर्पयोग, पितृ दोष, पिशाच योग, विष योग, मांगलिक दोष लगायत साढेसाति, उल्का, संकटा आदिको वारेमा विना गहिरो अध्ययन, विना अनुसन्धान, लग्न कुण्डली हेरेको भरमा, जातकलाई डराउन दिने प्रवृत्तिले गहिरो सँग जरा गाड्दै गएको छ । कर्मकाण्ड गराउने पण्डित र ज्योतिष पनि आफै भयो भने रमाइलो पक्ष त्यहा देख्न पाइन्छ । भ्रष्ट प्रकृतिको अनुपम उदाहरण अन्य क्षेत्रमा जस्तै ज्योतिषमा पनि देख्न पाइन्छ तर त्यसको साइड इफेक्कले गर्दा स्वच्छ हृदय भएका, अधिक मेहनत गरीरहेका क्षमतावान विद्यार्थीहरुको जोस र जाँगरमा सुस्तीपना आउन थालेको हर कसैले देख्न सक्दछ ।

Laxman Bhandari
KP/Baidik/Numerology/Lalkitab/Astro Vastu Consultant

Mob/Whatsapp/Imo/Viber – 9857062110

कृष्णमूर्ति ज्योतिष प्रणाली

Time  : १२:११ मिनेट PM

जन्म स्थान : थिरवैयारु, तमिलनाडु

मृत्यु : २९ – ०३ – १९७२

गुरु कृष्णमूर्ति

आधुनिक ज्योतिष कृष्णमूर्ति प्रणालीको प्रादुर्भाव कसरी भयो ?

प्राचिन समयमा ज्योतिष शास्त्रहरु मूलतः नक्षत्रमा आधारित थिय । ग्रीकका ज्योतिषशास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्नेअवस्थामा पुगेका छौ जवकी नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई हामिले नजरअन्दाज गर्दै गयौ । परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो

तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । जस्तोकि कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको आकर्षक, भरोसा र विश्वास कम हुदै जान थाल्यो । यसलाई ठग विद्याको उपमा पनि कतै कतै दिन थालियो ।

 

 

यसै विचमा दक्षिण भारतमा गुरुवर कृष्णमूर्तिको जन्म भयो । उहाले सैंकडौ ग्रन्थको अध्ययन, अनुसन्धान  तथा साधना पश्चात  मूल शास्त्र पराशरलाई आधार मानि नक्षत्र पद्धतीवाट भविष्यकथन गर्न थाल्नुभयो । सुरुमा भविष्यकथन केहि सहि हुन थाल्यो र केहि गलत पनि भयो । सहि हुने भविष्यकथनमाथि गर्व नगरी, गलत हुनुको कारण गहिराइमा गएर खोजतलास गर्दै गर्दा उहालाई विस्तारै गलती हुनुको कारण र तथ्य पत्ता लाग्यो । जुन तथ्यलाई लिएर शुरुमा ठूला ठूला ज्योतिर्वीदहरुले विरोध गरे पनि विस्तारै उहाको प्रणालीलाई अवलम्वन गर्नेको संख्या बढ्दै जान थाल्यो, उहाका भाषण र लेखहरु अंग्रेजीमा भएको हुनाले अन्य भाषिहरुको पहुचमा पुग्न भने धेरै समय लागेको छ ।

 

 

 

 

नेपालको सन्दर्भमा पनि 2 वर्ष अगाडी सम्म धेरै जनालाई यो सिस्टमको वारेमा जानकारी थिएन  लगायत मेरो टिमको अथक मेहनतले यो सिस्टमलाई धेरै हदसम्म वुझाउन सफल भएका छौ  निश्चय नै भविष्यमा यो सिस्टमको फलो गर्ने मानिसहरुको सँख्या उल्लेख्य रुपमा वृद्धि हुनेछ भन्ने कुरामा भने कुनै दुविधा छैन 

 

 

कृष्णमूर्ति पद्दतीले कसरी काम गर्छ त ?

 

 

केपि सिस्टममा ग्रहहरु कुन राशिमा छन्, कुन भावमा छन, या कुन भावको राशिस्वामी रहेका छन तथा नवांशमा, डिभिजनल चार्टमा कहा कहा वसेका छन् , सो को अध्ययन गरिदैन । यो सिस्टममा ग्रहहरु कुन नक्षत्रमा वसेका छन्, नक्षत्रको स्वामी कुन हो र कुन भावमा वसेको छ, नक्षत्रस्वामीको राशिस्वामी  कुनकुन भावमा रहेका छन सो को सुक्ष्म विश्लेषण गरेर, सो अनुसार फलादेश गरीन्छ ।

 

 

जस्तै सिंह लग्न रहेको छ । लग्नको स्वामी सूर्य तुला राशिको १० डिग्रीमा वसेको छ भने, वैदिक ज्योतिष अनुसार हामिले बुझ्छौ कि लग्नको स्वामी निच राशीमा वसेको छ भनेर सो अनुसार विश्लेषण गर्छौ तर केपि सिस्टम अनुसार भने तुला राशिमा ३ वटा नक्षत्रहरु रहेका हुन्छन् चित्रा , स्वाति र विशाखा । तुला राशिको १० डिग्रीमा स्वाती नक्षत्र पर्ने हुनाले सूर्यले आफ्नो नक्षत्र स्वातिको स्वामी राहु अनुसार फल दिनेछ । राहु यदि शुभ पोजिसनमा छ भने सूर्यले शुभ फल दिनेछ, राहु यदि अशुभ पोजिसनमा छ भने सूर्यले अशुभ फल दिनेछ , यहा सूर्य उच्च र निचको कुनै प्रभाव रहदैन । कृृष्णमूर्ति प्रणालीको मुख्य नियम नै यहि हो , यहि सानो वदलावले ज्योतिष शास्त्रलाई नै एक नया दिशा मिलेको छ । पुराना ज्योतिषहरुलाई पनि नक्षत्रको वारेमा ठण्डा दिमागले सोच्नु पर्ने वाध्यतामा पुर्याएको छ ।

 

 

 यो प्रणालीमा राशिको तुलनामा भावलाई नै अति महत्व दिइएको छ । यो पद्दतिमा कुनै पनि ग्रह शुभ या अशुभ हुदैनन् , उसले दिने फलअनुसार शुभ र अशुभ मानिएको हुन्छ । यहा ग्रह ग्रहहरु उच्च या निचको परिभाषामा पर्दैनन् । स्वराशि, मुलत्रिकोण, शत्रु, मित्र आदिको गणना यो पद्दतिमा समावेश गरीएको छैन । राशिहरुलाई १०८ मा विभाजन गरेर वनाइएको नवांशको ठाउमा, उपनक्षत्रको प्रयोग गरिन्छ । शनि र चन्द्रमावाट हुने योगलाई पुनरफू योग भनिन्छ, भने त्यो योगलाई छोडेर अन्य कुनै पनि योगलाई स्थान दिइएको छैन भने साढेसाति तथा मांगलिकको पनि कुनै स्थान रहेको छैन । कृष्णमूर्ति प्रणालीमा एउटै मात्र नियमको पालना गरिन्छ । त्यो हो सम्वन्धित भावको उपनक्षत्र स्वामीको कनेक्सन, मुख्य भाव र सहायक भावसँग भयो भने घटना घटित हुनेछ । जस्तै विवाहको लागि हेर्नुपर्‍यो भने, सप्तमभावको उपनक्षत्र स्वामीको, २,७ र ११ भावसँग कनेक्सन भयो भने, विवाह हुन्छ भनेर बुझिन्छ । कालनिर्णय अर्थात घटना कहिले घट्छ भन्ने जानकारीको लागी विंशोत्तरी दशाको मात्र प्रयोग गरिन्छ । यहा त्रिभागी तथा योगिनी दशालाई पनि स्थान दिइएको छैन ।

 

 

 राशि, भाव तथा ग्रहका कारक तत्वहरु वैदिक ज्योतिषकै लिइएको छ भने, दृष्टिलाई वैदिक र पाश्चात्य दुवै प्रयोग गरिएको छ । शिक्षालाई चतुर्थ भाव र पितालाई नवम भाववाट विश्लेषण गरिन्छ । केपि सिस्टममा प्रत्येक भावसँग सम्वन्धित घटनाको लागि, उक्त भावको राशि स्वामीलाई नहेरीकन उपनक्षत्र स्वामीलाई हेरिन्छ । जसको कनेक्सन मुख्य भाव र सहायक भावसँग रहेको हुनुपर्दछ ।

 

 

 ग्रह कुनै न कुनै नक्षत्रमा हुन्छ त्यसको स्वामीलाई नक्षत्र स्वामी भनिन्छ भने, नक्षत्र लाई पनि ९ भागमा विभाजन गरेर उप नक्षत्रको निर्माण गरिन्छ, जसलाई उप नक्षत्र स्वामी भनिन्छ ।

 

 

यहा ग्रहले ३ प्रकारले काम गर्छ ।

 

 

१. ग्रहले सोर्संको रुपमा काम गर्छ,

 

 

२. नक्षत्र स्वामीले प्राप्त हुने परिणामको रुपमा काम गर्दछ ।

 

 

३.  उपनक्षत्र स्वामीले प्राप्त परिणाम सुखद कि दुखद हुन्छ भन्ने कुराको जानकारी गराउदछ ।

 

 

मलाई २०५६ सालमा कृष्णमूर्ति गुरुको ज्येष्ठ सुपुत्र हरिहर कृष्णमूर्ति गुरुको सस्था दक्षिण भारत चेन्नैवाट स्यंय गुरु हरिहर  कृष्णमूर्ति वाट सिक्ने सुअवसर प्राप्त भएको थियो । यो सिस्टम नेपालमा नौलो भएको हुनाले सिक्न चाहनेको संख्या धेरै रहेको मैले महसुस गरि ,अनलाइन अथवा अफलाइन माध्यमवाट क्लासहरु बेला बेलामा सञ्चालन पनि  गर्ने गरेको छु । यो सिस्टमको वारेमा अधिक जानकारी हासिल गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ ,।

 

Laxman Bhandari

Mobile No/Whatsapp/Imo/Viber – 9857062110

वास्तु पुरुष

वास्तु पुरुष

भवन निर्माणमा वास्तु देवता अथवा पुरुषको ठूलो महत्व रहेको हुन्छ । यसलाई भवनको मुख्य देवता मानिएको हुन्छ । यसको मस्तक(शिर) इशान दिशामा र पैर(खुट्टा) नैऋत्य दिशामा रहेको हुन्छ । दुवै खुट्टा एक एक आपसमा खप्टिएका हुन्छन् । हात तथा खुट्टाको भागहरु आग्नेय र वायव्य दिशामा पर्दछ । शास्त्र अनुसार प्राचिनकालमा अंधकासुर दैत्य एवं भगवान शंकरको विचमा घमासान मल्ल युद्ध भयो । युद्धको विचमा भगवान शंकरको शरीरवाट पसीनाको थोपा जमीनमा पर्यो । उक्त पसीनाको थोपावाट आकाश र पृथ्विलाई भयभित तुल्याउदै एउटा प्राणी प्रकट भयो । यो प्राणीले जे जे भेटायो खान थाल्यो र भोक तृप्त नभएपछि , जव उसले पृथ्विलाई नै निल्न भनेर अगाडि बढ्यो तव  सवै देवता र असुरहरु मिलेर उसलाई घोप्टेमुन्टो जमिनमा दवाएर राखे । उसलाई शान्त गर्नको लागि भगवान ब्रह्माजिले वरदान दिनुभयो, घरको सम्पूर्ण शुभ कार्यमा तेरो पुजा हुनेछ । देवताहरुले उक्त प्राणीमाथि वास गरे, त्यसैकारण उक्त प्राणीको नाम वास्तु पुरुष रहन गयो । उक्त महावली पुरुषलाई घोप्टेमुण्टो सुताएर माथिवाट देवताहरुले च्यापेर वसे । सोहि समय देखि घरमा वास्तुको पुजा हुन थाल्यो । जसले घरमा वास्तुको पुजा गर्दैन, वास्तुको नियम अनुसार घर निर्माण गर्दैन उसलाई पाइला पाइलामा अनेक प्रकारका बाधाहरुको सामना गर्नुपर्ने हुन्छ ।

प्रायश प्रश्न उठछ कि वास्तु शास्तको प्रचलन किन विगत केहि वर्षदेखि मात्र वढिरहेको छ ?

किनकी जव मानिसहरु गाँउले जीवनबाट शहरीकरण हुदै गए, घडेरी नमिलाइकन, सानो ठाउमा घरहरु निर्माण हुन थाले ।  भाडामा तथा प्mल्याट सिस्टममा वस्न थाले तववाट नै घरमा अनेक समस्याहरु देखिन थालेको पाइन्छ । सानो ठाउमा धेरै मानिसहरु वस्न थालेपछि घरको मुख्य स्थान जसलाई व्रह्मस्थान भनिन्छ जुन खालि हुनुपर्ने ठाउमा सामानले भरिएको हुन्छ । सूर्यको गर्मि र वायुलाई घरमा प्रवेश निशेध गरिएको हुन्छ । सुरक्षा तथा अनेक कारणले घरमा झ्याल ढोका कम राख्नु तथा वन्द गरेर राख्नु जसले गर्दा कोठाहरु फोहोर हुन जान्छ । पुराना घरहरुमा, घरहरुको विचमा तथा अगाडी पछाडी ठूलो आगन राखिन्थ्यो जसले गर्दा घरको चारै तरफ सूर्यको किरण, हावा र आकाश तत्वले प्रवेश गर्दथ्यो ।

के कुनै उपाय द्धारा वास्तु दोषलाई कम गर्न सकिन्छ ?

जुन प्रकारले व्यक्ति रोगी हुदा , चिकित्सकको सम्पर्कमा गइन्छ भने घरको वास्तु खराव भयो भने वास्तु सल्लाहकारसँग परामर्श लिनु पर्दछ । वास्तु दोषको कारणले घरमा अनेक प्रकारका समस्याहरु सिर्जित भएको छ भने, घरलाई तोडफोड नगरिकन केवल सामानलाई वास्तु अनुसार मिलाइयो भने पनि धेरै राहत प्राप्त हुनेछ । पुजापाठ, हवनद्धारा पनि वास्तु दोषलाई निवारण गर्न सकिन्छ । सुख समृद्धि प्राप्तिको लागि फेंगशुई, पिरामिड, यन्त्र मन्त्र, साल्ट ल्याम्प, चित्रहरुको सहि ठाँउमा प्रयोग, कलर आदिको सहारा लिएर घरको वास्तुलाई ठिक गर्न सकिन्छ ।

ज्योतिष, वास्तु तथा आध्यात्मिक हिलिङ सिक्न चाहनुहुन्छ अथवा ज्योतिष, वास्तु तथा आध्यात्मिक सम्वन्धि कुनै पनि सरसल्लाहको आवश्यक पर्दछ भने सम्पर्क गर्न सक्नुहुनेछ ।

IMO/Viber/Whatsapp -9857062110

मीन – PISCES

pisces-svg

२१ सोमवार

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। चुनौतीपूर्ण परिस्थितिले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। खर्चिलाे र महत्त्वाकांक्षी कामले आर्थिक जाेखिम निम्त्याउने, परिवारमा असमझदारी बढ्ने र घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने ग्रहयोग छ। थालेकाे काम बीचमा अड्किन सक्छ। समयमा जिम्मेवारी पूरा नहुन सक्छ। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन – PISCES

pisces-svg

२१ सोमवार

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। चुनौतीपूर्ण परिस्थितिले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। खर्चिलाे र महत्त्वाकांक्षी कामले आर्थिक जाेखिम निम्त्याउने, परिवारमा असमझदारी बढ्ने र घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने ग्रहयोग छ। थालेकाे काम बीचमा अड्किन सक्छ। समयमा जिम्मेवारी पूरा नहुन सक्छ। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन – PISCES

pisces-svg

२१ सोमवार

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। चुनौतीपूर्ण परिस्थितिले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। खर्चिलाे र महत्त्वाकांक्षी कामले आर्थिक जाेखिम निम्त्याउने, परिवारमा असमझदारी बढ्ने र घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने ग्रहयोग छ। थालेकाे काम बीचमा अड्किन सक्छ। समयमा जिम्मेवारी पूरा नहुन सक्छ। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कुम्भ – AQUARIUS

aquarius-svg

२१ सोमवार

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। पेटकाे गडबडी तथा मौसमी समस्याले स्वास्थ्य कमजाेर रहनेछ। अध्ययन र पेसा–व्यवसायमा सक्रियतापूर्वक जुट्न नसकिएला। महत्त्वाकांक्षी काममा स्वास्थ्य र वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू पनि प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। व्यापारमा सामान्य लाभ हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ।

कुम्भ – AQUARIUS

aquarius-svg

२१ सोमवार

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। पेटकाे गडबडी तथा मौसमी समस्याले स्वास्थ्य कमजाेर रहनेछ। अध्ययन र पेसा–व्यवसायमा सक्रियतापूर्वक जुट्न नसकिएला। महत्त्वाकांक्षी काममा स्वास्थ्य र वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू पनि प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। व्यापारमा सामान्य लाभ हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ।

X