
K P System (नक्षत्र पद्धति)
प्राचिन समयमा ज्योतिष शास्त्र मूलतः नक्षत्राधिष्ठित थियो । ग्रीकका शास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्दछौ । नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई नजरअन्दाज गर्दै गयौ ।कृष्णमूर्ति पद्धतिले नक्षत्रहरुको बारेमा अनुसन्धान गर्दछ ।
नेपाली राशिफल
हाम्रा सेवाहरु
हाम्रा ग्राहकहरू के भन्नुहुन्छ
आजको पञ्चाङ
हाम्रो समूह
हाम्रो लेख/समाचार
वृष राशिको वारेमा (पूर्ण जानकारी)
वृष राशिको वारेमा पूर्ण जानकारी राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं […]

मेष राशि (पूर्ण जानकारी)
मेष राशि (लग्न अनुसार) राशि चक्रको प्रथम राशि मेष हो भने , कालपुरुष कुण्डलीमा यसलाई […]
ज्योतिष भनेको के हो ?
ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ । हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे । ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १. सिद्धान्त ( गणित ज्योतिष ) ः यस अन्र्तगत लग्न साधन, भाव साधन, ब्रह्माण्डमा ग्रहको अवस्था, ग्रह बल, भाव वल, ग्रहको गति, वक्रि लगायत गणीतिय पाटो यसमा समेटिएको छ । २. फलित ज्योतिष ः यस अन्र्तगत ग्रह, राशि, भाव, नक्षत्र आदिले मानवको जीवनमा के कस्तो प्रभाव पार्छ भन्ने कुराहरु समेटिएको छ । ज्योतिषमा राशी, नक्षत्र, ग्रह र भावहरुको विशेष तरिकाले अध्ययन गरीन्छ । राशीहरुलाई काल्पनिक तारापुञ्ज मानिएको छ । सूर्यले पृथ्विको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो गोलाकार नभएर केहि दीर्घवृत्ताकार रहेको हुन्छ । जुन ३६० डिग्रीको हुन्छ । ३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा ३० डिग्री हुन आउदछ । प्रत्येक ३०, ३० डिग्रीको भागलाई एउटा तारापुञ्जको कल्पना गरिएको छ । त्यहि तारापुञ्जलाई नै राशिको नामाकरण गरिएको हो । राशिहरु १२ वटा रहेका छन् । १२ राशिका नामहरु यस प्रकार क्रमले रहेका छन् । मेष, वृष, मिुथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मिन गरी १२ वटा राशिहरु रहेका छन् र यीनै राशिहरुले तारापुञ्जको आकारलाई संकेत गरेका हुन्छन् । मेष, भेडा, वृष साँढे, मिथुन २ कन्या क्रमले मिन राशीमा माछा आदि । […]