राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं सवल शक्तिको परिचायक हो । सस्कृतमा यसलाई उभ, गौ, ताबरु, गोकुल तथा मित्य नामले जानिन्छ ।
कालपुरुषको शरीरमा वृष राशिले मुखको प्रतिनिधित्व गर्दछ । यदि लग्नमाथी पाप ग्रहको प्रभाव या दृष्टि पर्न गयो भने मुखमा कुनै रोगहरु देखिन सक्छ । बृषको अर्थ साँढे , अत: बृष लग्नमा जन्म भएका जातक शक्तिशाली, भारी उठाउन सक्ने तथा ताकतवर हुन्छन् ।
स्त्रि राशि, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव, स्थिर राशी हो । मूल संज्ञक, ब्राह्मण वर्ण यसको स्वामी शुक्र हो । कृतिका को ३ चरण, रोहिणी र मृगशिराको २ चरण यो राशीमा पर्दछ । यदि लग्न स्वामी शुक्रको ५ र ११ भावसँग सम्वन्ध छैन भने जातक दिर्घरोगी हुनेछ ।
गहुगोरो रंग, छोटो कद, वर्गाकार, चौरस आकृति, उन्नत चेहरा तथा आँखा, ठूलो चेहरा, ठूला कान, मोटो तथा मजवुत गर्धन, थुल थुल तिघ्रा, फूलीएको जस्तो चौडा हात, स्थूल प्रवृत्ति, कोखामा या पीठमा दाग, तिल या निशानी, हात्तिको जस्तो चाल, राम्रो पाचनशक्ति रहने, महिलाहरु सुन्दर तथा आकर्षक हुन्छन् ।
राशि गुण :
आत्म नियन्त्रण र हठि हुन्छन तर सिद्धान्तवादी पनि हुन्छन् । खानपीन तथा सवै प्रकारका सुविधाको शौखीन हुन्छन् । अत्यन्त कामुक हुनेहुनाले यौन रोगको सिकार हुनसक्ने सम्भावना पनि रहन्छ । असाधारण सहनशक्ति हुन्छ तर कठोर तथा अपरिवर्तनशील दृष्टिकोण रहनेछ ।
सकारात्मक गुणहरु :
खुशी, प्रेम, सुन्दरता तथा संगीतको शौकीन, सजग तथा अपरिवर्तनशील दृष्टिकोण, आत्मनिर्भर, शान्त तथा धैर्यवान, महत्वाकांक्षी, दानशील, त्याग तथा क्षमा भावनाले परिपूर्ण, असाधारण शहनशक्ति रहने, क्रोधलाई लामो समयसम्म कायम राख्न नसक्ने, खाना वनाउन शौखीन, प्रेममय, शिष्ट, उदार हृदय, दृढ इच्छाशक्ति, विश्वसनीय, सतर्क, कल्पनाशील, विस्तृत, सौम्य, तथा शान्त, स्नेहशील, भावमय, विवेकी, आन्तरिक बल सुदृढ, व्यवहारिक, भरोसालायक, कलात्मक उद्यमी ।
नकारात्मक लक्षण तथा गुणहरु :
लालची, अचल र कठोर प्रकृति, ढिलो गतिले काम गर्नु, सुस्त, थोरै स्वार्थी र प्रतिशोधी, हठी, क्रोधी, नकलची, झनक्क रिसाउने, मुर्ख, असंवेदनशील, घमंडी, भौतिकवादी, कल्पनाहीन, पक्षपातपूर्ण रवैया ।
वृष लग्नको कुण्डलीमा ग्रहहरुको फल( वैदिक मत अनुसार)
सूर्य : चतुर्थेश, केन्द्रेश, सुखेस, तथा माताको अधिपति हुन जान्छ । अत यसलाइ कारक ग्रह मानिन्छ । दशम भावलाई पूर्ण दृष्टिले हेर्दछ यदि कुण्डलीमा सूर्य त्रिषडायमा स्थित छैन भने जातकले पिताको सम्मान वढाउनेछ ।
चन्द्रमा :
वृष लग्नको कुण्डलीमा चन्द्रमा तृतीयश हुन जान्छ । तृतिय भावको अधिपति सौम्य ग्रह भयो भने त्यसलाई राम्रो मान्न सकिदैन । तृतीयश हुनाले त्रिषडाय पनि भयो । अत: चन्द्रमालाई अकारक नै भन्नुपर्दछ । यसको दशा अन्तरदशामा भातृ विरोध, कुटुम्ब चिन्ता एवं समस्या देखिनेछ ।
मंगल :
वृष लग्नको कुण्डलीमा मंगल सप्तमेश, र व्येयशको स्वामी हुनजान्छ । सप्तमेश हुनाले प्रवल मारकेश भयो तसर्थ यसलाई अकारक ग्रह नै मान्नुपर्ने हुन्छ । यसको दशा अन्तरदशामा जातकको मानप्रतिष्ठा एवं स्वास्थ्यको व्यय, व्ययाधिक्य, कलह, आगलागी हुनु, रगत सम्वन्धि रोग तथा गृह कलह हुनेछ ।
बुध :
वृष लग्नको कुण्डलीमा बुध धनेश तथा पञ्चमेष हुन जान्छ । त्रिकोणेश हुनाले कारक वन्न गयो भने धनेश हुनाले मारक वन्न गयो अत : बुधको दशा अन्तरदशामा पूर्वाद्र्ध अनुकुलता, सुभता तथा श्रेष्ठता हुनेछ भने उत्तराद्र्ध त्यति शुभ हुनेछैन ।
गुरु :
वृष लग्नको कुण्डलीमा गुरु अष्टमेश तथा आयेश दुइ अकारक भावको स्वामी हुनाले सर्वाधिक अकारक हुन जान्छ । गुरुको दशा अधिकतर मारक नै हुन जान्छ । यदि अरु शुभ ग्रहको संयोग कुण्डलीमा भयो भने मारक नभएर विरामी, समस्या तथा अनेक वाधाहरु उत्पन्न हुनेछन ।
यस्तो गुरु जहा वस्छ त्यही भावको नै हानी पुर्याउदछ ।
शुक्र :
लग्नेश तथा षष्ठेश को स्वामी शुक्र सामान्यत वृष लग्नको लागी कारक नै मानिन्छ । लग्नेश हुनाले षष्ठेशको दोष लाग्दैन । फेरिपनि शुक्रको दशा पूर्वाद्र्धमा जति शुभ हुन्छ उत्तराद्र्धमा हुने छैन ।
शनि :
वृष लग्नको कुण्डलीमा शनि सर्वोत्कृष्ट कारक ग्रह हो किनकी भाग्येश तथा राज्येशको स्वामी भएर त्रिकोण एवं केन्द्रको पनि स्वामी हुन जान्छ । यदि कुण्डलीमा शनि उत्तम स्थानमा छ भने जातकको मान प्रतिष्ठालाई धेरै माथि पुर्याउनेछ ।
राहु र केतु :
वृष लग्नको कुण्डलीमा राहु र केतुले भावेश अनुसार नै फल दिन्छन फेरीपनि ८,१०,१२ भावमा स्थित राहुकेतुले अपेक्षाकृत शुभ दिनेछन् ।
यदि वुध दुषित छ या वाधक स्थानमा छ र शनिको दृष्टि परेको छ भने जातक बकबासी हुनेछ । यस्ता व्यक्तिहरु ज्योतिष, मन्त्र, वेद तथा आध्यात्मिकमा अगाडी जान्छन् । यिनीहरुलाई संगित खुव मन पर्छ ।
वृष लग्नको लागि पुनर्वशु, विशाखा, पुष्य, अनुराधा, पूर्वभाद्रपद र उत्तराभाद्रपद नक्षत्र वहुत खराव मानिन्छन । कुनै पनि ग्रह यदि यिनी नक्षत्रमा स्थित छन् भने तिनिहरुको दशा अन्तरदशामा जातकलाई रोग, दुर्घटना, असफलता तथा निराशा नै हात लाग्नेछ ।
भरणी, पूर्वफाल्गुनी, पूर्वशाढा नक्षत्रमा कुनै ग्रह छन र त्यसको दशा अन्तरदशा चलेको छ भने जातकले चारैतिरवाट सफलता प्राप्त गर्नेछ भने साथमा हेलचेक्राइले गर्दा रोगको सिकार विशेष गरी पेट, दात, यौन सम्वन्धि, ब्लडप्रेशर, मुखमा कुनै समस्या पनि आउन सक्नेछ ।
जसको चन्द्रमा वृष राशिमा हुन्छ उनिहरुको नामको पहिलो अक्षर ई, ऊ,ए,ओ, वा, वी, वू, वे, वो बाट शुरु हुनेछ ।
चन्द्रमा वृष राशिमा हुदाको फल
वृष राशीको स्वामी शुक्र भएको हुनाले जातक एक विनम्र मिलनसार तथा मीठो वाणी बोल्ने मानिस हुनेछ । शान्तिप्रिय भएको हुनाले शान्तिपूर्वक जीवन विताउन मन लाग्नेछ । आफनो कर्मठता अनि दक्षताले सवै सुख सुविधाहरु हासिल गर्नेछ तर आफनो हक अकिकारको लागी भने सदैव जागरुक रहनेछ र अधिकारलाई नडराइकन शान्तिपूर्वक प्राप्त पनि गर्नेछ । स्थिर राशी भएको हुनाले संकल्प अडिग हुनेछ तथा योजना , विचार अनि विश्वासले पूर्ण रहनेछ । सायद यस्ता कारणहरुले गर्दा मानिसले जातकलाइ हठी तथा जिददी भन्नेछन् । आसपास तथा समाजका मानिसहरुप्रति जातकको दृष्टि एकता, अखण्डता अनि मधुर तालमेलको नमुना हुनेछ । नातेदार साथीभाई तथा समाजवाट मान सम्मान प्रशस्त प्राप्त हुनेछ, जसले गर्दा मन प्रफूल्लित रहनेछ । धार्मिक स्वभाव भएको कारणले धर्मगुरु तथा उपदेशकहरुलाई पनि उचित मान सम्मान गर्नेछ । जातकको संगीत तथा कलामा पनि प्रेम रहनेछ हुन सक्छ यीनिमध्ये कुनै एक क्षेत्रमा जातकले नाम तथा दाम कमाउन सक्नेछ ।वृष राशीको स्वामी शुक्र भएको हुनाले जातक एक विनम्र मिलनसार तथा मीठो वाणी बोल्ने मानिस हुनेछ । शान्तिप्रिय भएको हुनाले शान्तिपूर्वक जीवन विताउन मन लाग्नेछ । आफनो कर्मठता अनि दक्षताले सवै सुख सुविधाहरु हासिल गर्नेछ तर आफनो हक अकिकारको लागी भने सदैव जागरुक रहनेछ र अधिकारलाई नडराइकन शान्तिपूर्वक प्राप्त पनि गर्नेछ । स्थिर राशी भएको हुनाले संकल्प अडिग हुनेछ तथा योजना , विचार अनि विश्वासले पूर्ण रहनेछ । सायद यस्ता कारणहरुले गर्दा मानिसले जातकलाइ हठी तथा जिददी भन्नेछन् । आसपास तथा समाजका मानिसहरुप्रति जातकको दृष्टि एकता, अखण्डता अनि मधुर तालमेलको नमुना हुनेछ । नातेदार साथीभाई तथा समाजवाट मान सम्मान प्रशस्त प्राप्त हुनेछ, जसले गर्दा मन प्रफूल्लित रहनेछ । धार्मिक स्वभाव भएको कारणले धर्मगुरु तथा उपदेशकहरुलाई पनि उचित मान सम्मान गर्नेछ । जातकको संगीत तथा कलामा पनि प्रेम रहनेछ हुन सक्छ यीनिमध्ये कुनै एक क्षेत्रमा जातकले नाम तथा दाम कमाउन सक्नेछ ।
ग्रह शान्तिको लागि
वृष राशिको स्वामी शुक्र हुने हुनाले शुक्रको शान्ति र स्तुतिले राम्रो फल प्राप्त हुनेछ । विशेषगरी शुक्रवार शिव पूजा र शिव तांडव स्तोत्रले विशेष फलदायक दिनेछ । शिव तांडव स्तोत्रको जाप गर्नाले भित्रदेखि अदभुत उर्जा शक्ति प्राप्त हुनेछ । पढ्नमा समस्या आयो भने अडियो भिडीयो बाट सुन्दा पनि हुनेछ तर आफै पढ्नाले बहुत लाभ प्राप्त हुनेछ । विना सन्देह अन्य देविदेवताको उपासना पनि गर्न सकिन्छ । प्रधानता भनेको भाव हो । शुक्रवारको दिन विशेष दिन मानेर व्रत वस्नाले निश्चित नै शुभ फल प्राप्त हुनेछ ।