loading

मेष राशि (पूर्ण जानकारी)

  • Home
  • Blog
  • मेष राशि (पूर्ण जानकारी)
October 12, 2023

मेष राशि (लग्न अनुसार)

राशि चक्रको प्रथम राशि मेष हो भने , कालपुरुष कुण्डलीमा यसलाई लग्न भनेर चिनिन्छ । आस्विनीको ४ पाउ (१३ डिग्री २० मिनेट), भरणीको ४ पाउ (१३ डिग्री २०मिनेट) र कृतिकाको १ पाउ (३ डिग्री २० मिनेट) गरी जम्मा ९ पाउ अर्थात ३० डिग्रीको यो राशि रहेको छ । केपि सिस्टम अनुसार २२ वटा उपनक्षत्रले यो राशिको प्रतिनिधित्व गर्दछन् । पूर्वदिशाको स्वामी, पुरुष अन्तरगत यो राशि पर्दछ । यो राशिलाई बाँझो राशि अन्तरगत वर्गिकरण गरिएको छ ।

मेष राशि अन्तरगत

नाम : अज, विश्व, क्रिय, तुम्बुर, आद्य

 

स्वामी : मंगल

 

तत्व : अग्नि

 

स्वभाव : चर

 

शुभग्रह हरु :  सुर्य,मंगल,गुरु, 

 

अशुभ ग्रहहरु : बुध,शुक्र,शनि, 

 

सम :कुनै पन छैनन् 

 

मारक ग्रह : शुक्र,

 

बाधक ग्रह : कुम्भ,

 

बाधकपति : शनि

 

योगकारक  :गुरु,शनि,

 

उच्चस्थ    :सूर्य १० डिग्रीमा परम उच्च

 

निचस्थ :शनि 

 

मूलत्रिकोण  :मंगल ० देखि १२ डिग्रीसम्म तत्पश्चात स्वराशि

 

भाग्यशाली रत्न : तावामा मुगा पहिलो औलामा, माणिक्य, मोती, रक्तमणी

 

भाग्यशाली रङ : पहेलो, रातो, तामाजस्तो कलर, सुनौलो कलर शुभ हुन्छ भने कालो रंगवाट वच्नुपर्नेहुन्छ ।

 

भाग्यशाली दिनहरु : मंगलवार,शुक्रवार,शनिवार

 

भाग्यशाली संख्या : १,२,३,४,५,८,९

 

व्रतको दिन  : मंगलवार शुभ रहनेछ ।

 

निवास स्थान : वन राशि-जंगल

मेष राशिले प्रतिनिधित्व गर्ने शारीरिक अंगहरु

सिर, मस्तिष्क,आँखा,माथिल्लो चेहरा, चेहराको हड्डि,मांसपेशिहरु

 

रुप रंग, आकार

 

मध्यम कद , दुबलो शरिर, चौडा माथा, चेपुमा पातलो, लामो चेहरा तथा गर्दन, सुव्यवस्थित दात, गोलो आँखा, वाक्लो आँखिभौ, कमजोर घुडा, भद्दा नङ, विकसीत मांसपेसीहरु, तेज दृष्टि, सिर या ललाटमा तिल या निशानी, रक्त शरीर, हिडिरहने शोख, संयम तथा छिटो भोजन गर्ने स्वभाव आदि ।

राशि अनुसार गुणहरु

 

चलाख हुदा हुदै पनि आफनो कुरा मनाउनलाई झगडा गर्न पनि कत्ति नहिचकिचाउने,। सक्रिय रहने, आक्रामक, कठोर, हरकुराको विरोध गर्ने स्वभाव । भोजन संयमतापूर्वक तर छिटो, मानसिक रुपले पनि साहसी, हिडाइ बहुत तेज हुन्छ, झट्ट हेर्दा दौडिएजस्तो देखिन्छ ।

 

सकारात्मक गुणहरु

 

परिस्थिति अनुसार लयवद्ध हुनसक्ने क्षमता, योजना वनाउन खप्पिस, गतिशील तथा रचनात्मक, निडर, खरो, महत्वाकांक्षी, आत्मविश्वासी, अरुको लागी जोखीम लिन सक्ने, वास्तविक तथा स्वतन्त्र, स्वतन्त्रता प्रिय, साहसी, स्विकारात्मक, प्रचुर उर्जापूर्ण, विर अग्रणी, प्रवल इच्छाशक्ति, कला, भव्यता तथा सुन्दरताको प्रतिक, उद्यमी, नेता, बलशाली 

 

नकारात्मक लक्षण तथा गुणहरु

 

गर्मि, उग्र प्रकृति, अधीर, चाँढै रिसाउने, अशान्त, आवेगी, असहिष्णु, स्वार्थि, अस्थिर मन, जलनशील, आक्रमक, जटील व्यक्तित्व, निरन्तर रोकीनु या काम गरीसकेपछि परिवर्तन या आराम गर्नुपर्ने आवश्यकता, कसैको हस्तक्षपलाई सहन गर्न नसक्ने, आफ्नो व्यवहारले अरुलाई के प्रभाव पार्छ भन्ने ख्याल नगर्ने, दुस्साहसी, झनक्क रिसाउने, उग्र स्वभाव, हठी आदि

 

संभावित रोगहरु :

 

अनिद्रा, सिरको दुखाइ, चक्कर आउनु, मस्तिष्कको गडवडी या ज्वरो, सिर या चेहरामा घाउ खटिरा डण्डिफोर, पायरिया, मिर्गी, आँखामा समस्या, तंत्रिका केन्द्रमा समस्या, फेन्ट हुनु, आगोमा दुर्घटना, बवासीर ,यौन सम्वन्धि रोगहरु आदि

 

व्यवसाय तथा व्यापार :

 

प्राय आफ्नै व्यवसाय गर्ने, नेतागीरी, नेतृत्वदायि भूमिकामा प्रस्तुत हुने, सशस्त्र सेना, पुलिस, खेलाडी, व्यापारीक नेता, कुख्यात तथा अत्यधिक अधिकार प्राप्त व्यक्ति, शराव खाना, दाँतको डाक्टर, न्यायीक कार्य, औजार, मशीनरी  कल पुर्जा, मिस्त्री, फायर म्यान, दमकल, उद्योग, कृषि, दवाइ, राशायनिक वस्तु, शल्य चिकित्सक, जुवा तास, बागवानी, अन्वेषक, वास्तुकला आर्किटेक्चर, धातु सम्वन्धि कार्यहरु, खाद व्यापारी, सामरिक सेवा, फौजी, इंजिनियर, कसाइ, सट्टा तथा लोटरी आदि ।

 

शान्ति तथा स्तुति

 

मेष राशिको स्वामी वार मंगलवार हुने हुनाले, मंगलवारको दिन हनुमान र शिवलिंगको पूजा गर्नाले विशेष लाभ प्राप्त हुनेछ । श्री हनुमत्स्तोत्रको पाठ गर्नाले लाभकारी शिद्ध हुनेछ । यदि अन्य इष्ट देवताको उपासना गर्नुहुन्छ भने पनि पूरा श्रद्धाले गर्नुपर्ने हुन्छ । मुख्य गरि मंगलवार विशेष दिन हो भनेर मनले स्विकार्नुपर्दछ र उमंग र उत्साहले व्रतको पालना गर्नुपर्दछ । उक्त दिन भगवानको पुरा साथ मलाई रहनेछ भनेर भावना जागृत गर्नुपर्दछ । अवश्य नै शुभ फल प्राप्त हुनेछ ।

 

चन्द्र राशि अनुसार

 

जसको चन्द्रमा मेष राशिमा रहेको छ । उनिहरुमा थोरै अहंकार र घमण्ड मिश्रीत स्वभाव हुनेछ । जोस तथा उत्तजनापूर्ण व्यवहार भएको हुनाले पहिलो प्राथमिकता आफनो स्वतन्त्रतालाई दिनेछन् । रोमान्चक कार्यमा वढि झुकाव राख्ने नया नया प्रयोग गर्न विना हिचकिचाहट निर्भिक भएर अगाडि सर्ने । व्यवहारीक नजर हुनेछ भने भरपुर जोस, इच्छाशक्ति तथा ठूला ठूला सपनाले सजिनेछन् । आशावादी दृष्टिकोण, उचित उपाय, रिस्क तथा निर्णय लिन सक्ने क्षमता र समयको कारणले छिटो सफलताको सिढिमा चढ्न खोज्नेछन् भने यश र किर्ती पनि टाढा टाढा सम्म फैलिने छ ।

 

चन्द्रमा यो राशिमा भएका व्यक्तिहरुको  नामको प्रथम अक्षर चू,चे,चो,ला, ली, लू,ले,लो, आ बाट आउदछ ।

श्रीहनुमत्स्तोत्र

विभीषणकृतम्

 

श्रीहनुमते नमः । अस्य श्रीहनुमत्स्तोत्रमहामन्त्रस्य, विभीषण ऋषिः, अनुष्टुप् छन्दः, हनुमान् देवता । मम शत्रुमुखस्तम्भनार्थे सर्वकार्यसिद्ध्यर्थे च जपे विनियोगः ।

 

ध्यानम्

 

चन्द्राभं चरणारविन्दयुगलं कौपीनमौञ्जीधरं
नाभ्यां वै कटिसूत्रयुक्तवसनं यज्ञोपवीतावृतम् ।

 

हस्ताभ्यामवलम्ब्य चाञ्जलिमथो हारावलीकुण्डलं
बिभ्रद्दीर्घशिखं प्रसन्नवदनं दिव्याञ्जनेयं भजे ॥

 

मन्त्रः-

 

ॐ नमो हनुमते रुद्राय । 

 

मम सर्वदुष्टजनमुखस्तम्भनं कुरु कुरु ॥

 

मम सर्वकार्यसिद्धिं कुरु कुरु । ऐं ह्रां ह्रीं ह्रूं फट् स्वाहा ।

 

 अष्टवारं जपेत् ।

 

आपन्नाखिललोकार्तिहारिणे श्रीहनूमते।
अकस्मादागतोत्पातनाशनाय नमोऽस्तु ते ॥ १॥

 

सीतावियुक्तश्रीरामशोकदुःखभयापह।
तापत्रयस्य संहारिन्नाञ्जनेय नमोऽस्तु ते ॥ २॥

 

आधिव्याधिमहामारिग्रहपीडापहारिणे।
प्राणापहन्त्रे दैत्यानां रामप्राणात्मने नमः ॥ ३॥

 

संसारसागरावर्तागतसम्भ्रान्तचेतसाम्।
शरणागतमर्त्यानां शरण्याय नमोऽस्तु ते ॥ ४॥

 

राजद्वारे बिलद्वारे प्रवेशे भूतसङ्कुले।
गजसिंहमहाव्याघ्रचोरभीषणकानने ॥ ५॥

 

महाभयेऽग्निसंस्थाने शत्रुसङ्गसमाश्रिते।
शरणागतमर्त्यानां शरण्याय नमो नमः ॥ ६॥

 

प्रदोषे वा प्रभाते वा ये स्मरन्त्यञ्जनासुतम्।
अर्थसिद्धियशःकामान् प्राप्नुवन्ति न संशयः ॥ ७॥

 

कारागृहे प्रयाणे च सङ्ग्रामे देशविप्लवे।
ये स्मरन्ति हनूमन्तं तेषां  सन्ति न आपदः ॥ ८॥

 

नास्ति विपत्तयः वज्रदेहाय कालाग्निरुद्रायामिततेजसे।
नमः प्लवगसैन्यानां प्राणभूतात्मने नमः ॥ ९॥

 

दुष्टदैत्यमहादर्पदलनाय महात्मने।
ब्रह्मास्त्रस्तम्भनायास्मै नमः श्रीरुद्रमूर्तये ॥ १०॥

 

जप्त्वा स्तोत्रमिदं पुण्यं वसुवारं पठेन्नरः।
राजस्थाने सभास्थाने वादे प्राप्ते जपेद्ध्रुवम् ॥ ११॥

 

विभीषणकृतं स्तोत्रं यः पठेत् प्रयतो नरः।
सर्वापद्भ्यो विमुच्येत नात्र कार्या विचारणा ॥ १२॥

Laxman Bhandari

 

वैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञवैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञ

Posted in Blogs

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X