Time : १२:११ मिनेट PM
जन्म स्थान : थिरवैयारु, तमिलनाडु
मृत्यु : २९ – ०३ – १९७२
गुरु कृष्णमूर्ति
आधुनिक ज्योतिष कृष्णमूर्ति प्रणालीको प्रादुर्भाव कसरी भयो ?
प्राचिन समयमा ज्योतिष शास्त्रहरु मूलतः नक्षत्रमा आधारित थिय । ग्रीकका ज्योतिषशास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्नेअवस्थामा पुगेका छौ जवकी नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई हामिले नजरअन्दाज गर्दै गयौ । परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो
तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । जस्तोकि कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको आकर्षक, भरोसा र विश्वास कम हुदै जान थाल्यो । यसलाई ठग विद्याको उपमा पनि कतै कतै दिन थालियो ।
यसै विचमा दक्षिण भारतमा गुरुवर कृष्णमूर्तिको जन्म भयो । उहाले सैंकडौ ग्रन्थको अध्ययन, अनुसन्धान तथा साधना पश्चात मूल शास्त्र पराशरलाई आधार मानि नक्षत्र पद्धतीवाट भविष्यकथन गर्न थाल्नुभयो । सुरुमा भविष्यकथन केहि सहि हुन थाल्यो र केहि गलत पनि भयो । सहि हुने भविष्यकथनमाथि गर्व नगरी, गलत हुनुको कारण गहिराइमा गएर खोजतलास गर्दै गर्दा उहालाई विस्तारै गलती हुनुको कारण र तथ्य पत्ता लाग्यो । जुन तथ्यलाई लिएर शुरुमा ठूला ठूला ज्योतिर्वीदहरुले विरोध गरे पनि विस्तारै उहाको प्रणालीलाई अवलम्वन गर्नेको संख्या बढ्दै जान थाल्यो, उहाका भाषण र लेखहरु अंग्रेजीमा भएको हुनाले अन्य भाषिहरुको पहुचमा पुग्न भने धेरै समय लागेको छ ।
नेपालको सन्दर्भमा पनि 2 वर्ष अगाडी सम्म धेरै जनालाई यो सिस्टमको वारेमा जानकारी थिएन म लगायत मेरो टिमको अथक मेहनतले यो सिस्टमलाई धेरै हदसम्म वुझाउन सफल भएका छौ । निश्चय नै भविष्यमा यो सिस्टमको फलो गर्ने मानिसहरुको सँख्या उल्लेख्य रुपमा वृद्धि हुनेछ भन्ने कुरामा भने कुनै दुविधा छैन ।
कृष्णमूर्ति पद्दतीले कसरी काम गर्छ त ?
केपि सिस्टममा ग्रहहरु कुन राशिमा छन्, कुन भावमा छन, या कुन भावको राशिस्वामी रहेका छन तथा नवांशमा, डिभिजनल चार्टमा कहा कहा वसेका छन् , सो को अध्ययन गरिदैन । यो सिस्टममा ग्रहहरु कुन नक्षत्रमा वसेका छन्, नक्षत्रको स्वामी कुन हो र कुन भावमा वसेको छ, नक्षत्रस्वामीको राशिस्वामी कुनकुन भावमा रहेका छन सो को सुक्ष्म विश्लेषण गरेर, सो अनुसार फलादेश गरीन्छ ।
जस्तै सिंह लग्न रहेको छ । लग्नको स्वामी सूर्य तुला राशिको १० डिग्रीमा वसेको छ भने, वैदिक ज्योतिष अनुसार हामिले बुझ्छौ कि लग्नको स्वामी निच राशीमा वसेको छ भनेर सो अनुसार विश्लेषण गर्छौ तर केपि सिस्टम अनुसार भने तुला राशिमा ३ वटा नक्षत्रहरु रहेका हुन्छन् चित्रा , स्वाति र विशाखा । तुला राशिको १० डिग्रीमा स्वाती नक्षत्र पर्ने हुनाले सूर्यले आफ्नो नक्षत्र स्वातिको स्वामी राहु अनुसार फल दिनेछ । राहु यदि शुभ पोजिसनमा छ भने सूर्यले शुभ फल दिनेछ, राहु यदि अशुभ पोजिसनमा छ भने सूर्यले अशुभ फल दिनेछ , यहा सूर्य उच्च र निचको कुनै प्रभाव रहदैन । कृृष्णमूर्ति प्रणालीको मुख्य नियम नै यहि हो , यहि सानो वदलावले ज्योतिष शास्त्रलाई नै एक नया दिशा मिलेको छ । पुराना ज्योतिषहरुलाई पनि नक्षत्रको वारेमा ठण्डा दिमागले सोच्नु पर्ने वाध्यतामा पुर्याएको छ ।
यो प्रणालीमा राशिको तुलनामा भावलाई नै अति महत्व दिइएको छ । यो पद्दतिमा कुनै पनि ग्रह शुभ या अशुभ हुदैनन् , उसले दिने फलअनुसार शुभ र अशुभ मानिएको हुन्छ । यहा ग्रह ग्रहहरु उच्च या निचको परिभाषामा पर्दैनन् । स्वराशि, मुलत्रिकोण, शत्रु, मित्र आदिको गणना यो पद्दतिमा समावेश गरीएको छैन । राशिहरुलाई १०८ मा विभाजन गरेर वनाइएको नवांशको ठाउमा, उपनक्षत्रको प्रयोग गरिन्छ । शनि र चन्द्रमावाट हुने योगलाई पुनरफू योग भनिन्छ, भने त्यो योगलाई छोडेर अन्य कुनै पनि योगलाई स्थान दिइएको छैन भने साढेसाति तथा मांगलिकको पनि कुनै स्थान रहेको छैन । कृष्णमूर्ति प्रणालीमा एउटै मात्र नियमको पालना गरिन्छ । त्यो हो सम्वन्धित भावको उपनक्षत्र स्वामीको कनेक्सन, मुख्य भाव र सहायक भावसँग भयो भने घटना घटित हुनेछ । जस्तै विवाहको लागि हेर्नुपर्यो भने, सप्तमभावको उपनक्षत्र स्वामीको, २,७ र ११ भावसँग कनेक्सन भयो भने, विवाह हुन्छ भनेर बुझिन्छ । कालनिर्णय अर्थात घटना कहिले घट्छ भन्ने जानकारीको लागी विंशोत्तरी दशाको मात्र प्रयोग गरिन्छ । यहा त्रिभागी तथा योगिनी दशालाई पनि स्थान दिइएको छैन ।
राशि, भाव तथा ग्रहका कारक तत्वहरु वैदिक ज्योतिषकै लिइएको छ भने, दृष्टिलाई वैदिक र पाश्चात्य दुवै प्रयोग गरिएको छ । शिक्षालाई चतुर्थ भाव र पितालाई नवम भाववाट विश्लेषण गरिन्छ । केपि सिस्टममा प्रत्येक भावसँग सम्वन्धित घटनाको लागि, उक्त भावको राशि स्वामीलाई नहेरीकन उपनक्षत्र स्वामीलाई हेरिन्छ । जसको कनेक्सन मुख्य भाव र सहायक भावसँग रहेको हुनुपर्दछ ।
ग्रह कुनै न कुनै नक्षत्रमा हुन्छ त्यसको स्वामीलाई नक्षत्र स्वामी भनिन्छ भने, नक्षत्र लाई पनि ९ भागमा विभाजन गरेर उप नक्षत्रको निर्माण गरिन्छ, जसलाई उप नक्षत्र स्वामी भनिन्छ ।
यहा ग्रहले ३ प्रकारले काम गर्छ ।
१. ग्रहले सोर्संको रुपमा काम गर्छ,
२. नक्षत्र स्वामीले प्राप्त हुने परिणामको रुपमा काम गर्दछ ।
३. उपनक्षत्र स्वामीले प्राप्त परिणाम सुखद कि दुखद हुन्छ भन्ने कुराको जानकारी गराउदछ ।
मलाई २०५६ सालमा कृष्णमूर्ति गुरुको ज्येष्ठ सुपुत्र हरिहर कृष्णमूर्ति गुरुको सस्था दक्षिण भारत चेन्नैवाट स्यंय गुरु हरिहर कृष्णमूर्ति वाट सिक्ने सुअवसर प्राप्त भएको थियो । यो सिस्टम नेपालमा नौलो भएको हुनाले सिक्न चाहनेको संख्या धेरै रहेको मैले महसुस गरि ,अनलाइन अथवा अफलाइन माध्यमवाट क्लासहरु बेला बेलामा सञ्चालन पनि गर्ने गरेको छु । यो सिस्टमको वारेमा अधिक जानकारी हासिल गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ ,।
Laxman Bhandari
Mobile No/Whatsapp/Imo/Viber – 9857062110
Post Views: 329
Rolando
November 14, 2023 at 2:03 pm
Great site. A lot of helpful information here. I’m sending it to a few pals
ans also sharing in delicious. And obviously, thanks to your effort!