loading

सिंह – LEO

  • Home
  • Blog
  • सिंह – LEO

२१ सोमवार

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न अवसर जुट्नाले महिना उत्साहवर्धक रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयआर्जनका स्रोत पनि बढ्नेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्तिकाे सम्भावना छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। परिस्थितिअनुसार केही समस्या पनि देखापर्ने छन्। परिवारमा असमझदारी बढ्न सक्छ। चाेटपटक तथा माैसमी समस्याले स्वास्थ्यबाधा हुनेछ। धनहानि र मालमत्ता हराउने सम्भावना देखिएकाले सुरक्षामा अलि सजग रहनुहोला।

Posted in Daily Horoscope

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X