loading

ग्रहणमा के गर्न हुने र के गर्न नहुने ? १२ रोचक तथ्यहरू

  • Home
  • Blog
  • ग्रहणमा के गर्न हुने र के गर्न नहुने ? १२ रोचक तथ्यहरू

यही मिति २०७६ पौष १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । निर्णयसिन्धु अनुसार १२ तथ्य प्रस्तुत गरेका छौं ।

सूर्य–चन्द्र ग्रहणमा स्नान गर्दा संसारमा विख्यात भएका ठूला–ठूला दानहरुको फल प्राप्त हुन्छ । ग्रहणमा श्राद्ध गर्दा ठूलो पुण्य प्राप्त हुन्छ । पर्वको सन्धिकालमा ग्रहण परेमा गजच्छायायोग हुन्छ । यस्तो योगमा पितृहरुको तृप्तिका लागि श्राद्ध गर्नुपर्दछ । ग्रहणमा भोजन गर्ने मानिस अर्को जन्ममा पुरुष भएर जन्मिन पाउदैन । 

  • रजस्वला नारीले पनि जलाशयबाट भाँडोमा झिकिएको जलले नुहाउनु पर्दछ ।
  • ग्रहणका दिनमा रात्रिमा पनि श्राद्ध गर्न सकिन्छ ।
  • ग्रहणकालमा सङ्कलन गरिएका तेल, र घिउमा पकाएका अन्न, तिल,कुश,दुध,दहि,मोही दूषित हुदैनन् ।
  • ग्रहण र गङ्गाको संयोग अपूर्व पुण्यदायक हुन्छ । चन्द्र ग्रहणमा स्नान गर्दा उक्त संयोगले लाखगुणा फल दिन्छ भने सूर्यग्रहणमा स्नान गर्दा दश गुणा अधिक फल मिल्छ ।
  • ग्रहणमा तातोपानीले भन्दा चिसो पानीले नुहाउदा अधिक फल मिल्छ ।
  • बगेको जल, झरनाको जल, स्वतन्त्र जलले नुहाउदा उत्तम हुन्छ ।
  • ग्रहणमा आमा–बाबुको मरणतिथि परेमा आमश्राद्ध वा हेमश्राद्ध गर्नुपर्दछ ।
  • सूर्यग्रहणमा मन्त्रदीक्षा लिनुपर्दछ भने चन्द्रग्रहण लिनुहुदैन ।
  • सबैले ग्रहणको दर्शन गर्दा कपडाले छेकिएर अथवा तेल,जल,र ऐनामा ग्रहण दर्शन गर्नुपर्दछ ।
  • ग्रहण अवधिभर मन्त्रजप गर्नुपर्दछ । सकेसम्म जपको पूर्णाहूति गरेमा झन उत्तम हुन्छ ।
  • ग्रहण देखेपछि स्नान गर्नुपर्दछ । सूर्यग्रहणमा स्नान गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
  • चन्द्र ग्रहणमा ९ घण्टा भोजन गर्नुहुदैन भने सूर्यग्रहणमा १२ घण्टा अघिदेखि भोजन गर्नु हुँदैन ।

प्राचीन वाङ्मयमा ग्रहणको महत्त्व

  प्राचीन समयदेखि नै शास्त्रहरुमा ग्रहणलाई महत्त्व दिइएको पाइन्छ । हेमाद्रिकालविवेक,कालनिर्णय,तिथितत्त्व,गदाधरपद्धति,बृहत्संहिता,निर्णयसिन्धु,धर्मसिन्धु आदि धर्मशास्त्रका ग्रन्थहरुमा ग्रहणको विस्तृत निरुपण गरेको पाइन्छ । ग्रहण कसरी लाग्छ भन्ने सम्बन्धमा बराहमिहिर भन्दछन् –

भूच्छायाँ स्वग्रहणे भास्वकरमार्गग्रहे प्रविशतीन्दुः ।

इत्युपरागकारणमिदं दिव्यदृष्टिभिराचार्य ।।

अर्थात् :– चन्द्र ग्रहणमा चन्द्रमा पृथ्वीको छायामा पर्दछ र सूर्यग्रहणमा चन्द्रमाले पृथ्वीमा आउने सूर्यको छायाँलाई छेक्दछ । यसरी हुने ग्रहणलाई दिव्यदृष्टि भएका आचार्यहरुले पनि जान्दथे । यो सिद्धान्त हुँदाहुँदै पनि सामान्य मानिस र कतिपय पढे लेखेका मानिस राहुका कारणले ग्रहण लाग्दछ भन्ने मान्यता राख्दछन् ।

साभार :- निर्णयसिन्धु

Posted in Blogs

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X