वृष राशिलाई चुनाैतीभित्र अवसर खाेज्ने समय छ। सम्भावना देखिए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ला। बुद्धिकाे उपयाेगले अप्ठ्यारै काम पनि सम्पादन गर्न सकिनेछ। सत्कर्मले राम्रै फाइदा पनि दिलाउन सक्छ। अध्ययन, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। पेसा–व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। नयाँ काम थालनी गर्न सकिनेछ। मूल्यवान् उपकरण संग्रह गर्ने समय छ। महिनाकाे उत्तरार्धमा घरायसी माहाेल बिग्रन सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद अउने समय छ। आफ्नैले झुक्याउनेछन्, सजग रहनुहाेला।