loading

वृश्चिक – SCORPIO

  • Home
  • वृश्चिक – SCORPIO
1212-svg

२१ सोमवार

तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा सहयोगीहरूले साथ दिन छाड्नेछन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। व्यापार तथा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। स्वास्थ्यमा कब्जियत तथा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। नयाँ काम राेकिए पनि पहिलेकाे उपलब्धि जाेगाउन सजग रहनुहाेला।

X