loading

मिथुन – GEMINI

  • Home
  • मिथुन – GEMINI
Gemini1-1-svg

२१ सोमवार

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति राम्रै भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अधैर्य व्यवहार प्रदर्शन गर्दा समाजबाट टाढा भइनेछ। ज्वरो, टाउको दुखाइ र आँखाको समस्याले सताउन सक्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। वादविवाद तथा चोटपटकको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। महिनाकाे उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ। आम्दानी बढ्नुका साथै भाैतिक साधन प्राप्त हुनेछन्। उद्याेग, कृषि तथा पशुधनबाट विशेष फाइदा हुनेछ। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र उपहार हातलागी हुनेछन्। मिहिनेत गर्दा आँटेको काम बन्नेछ।

X