२१ सोमवार
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ। आफन्तसँग मतभेद बढ्नाले मन अशान्त रहनेछ। परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। यात्रा, भोगविलास र भेटघाटमा अधिक खर्च हुनेछ। अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। आयस्राेत कमजाेर बन्नाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। नयाँ क्षेत्रमा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। दाेहाेर्याएर प्रयत्न गर्दा अड्किएका काम उत्तरार्धमा सम्पादन हुनेछन्।